१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०९:२१:००
Read Time : < 1 मिनेट
सप्तरंग

सोध न तिमी आफैँसँगको भिडियो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०९:२१:००

गीतकार डा. डिआर उपाध्यायको नयाँ गीत ‘सोध न तिमी आफैँसँग’को भिडियो सार्वजनिक भएको छ । उदय सोताङको स्वरमा रहेको गीतमा बुलु मुकारुङको संगीत छ । नोर्बु शेर्पाले संगीत संयोजन गरेका छन् । 

सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल न्यौपानेको अभिनय छ । प्रेम लामाले खिचेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । गीतकार डा. उपाध्यायले केही समयअघि एकैपटक सात एल्बम निकालेका थिए । उनले निकालेका एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ हुन् ।