१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०९:२१:००
Read Time : < 1 मिनेट
सप्तरंग

नूरगंगा बालसाहित्य पुरस्कार कसजूलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०९:२१:००

साहित्यकार विनय कसजूलाई नूरगंगा राष्ट्रिय बालसाहित्य पुरस्कार प्रदान गरिने भएको छ । नूरगंगा प्रतिभा पुरस्कार गुठीको ६ वैशाखमा बसेको साधारणसभाले कसजूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलले जानकारी दिए । ००४ सालमा पाल्पामा जन्मिएका कसजू दुई दशकदेखि बालसाहित्यका क्षेत्रमा क्रियाशील छन् । उनका बालसाहित्य तथा सिद्धान्तका ४७ वटा पुस्तक प्रकाशित छन् । लामो समयदेखि पत्रकारितामा सक्रिय कसजूका पत्रकारिताका विषयमा समेत पुस्तक प्रकाशित छन् । 

गुठीले लुम्बिनी अञ्चलस्तरीय नवप्रतिभा साहित्य पुरस्कार रुपन्देही देवदहका बालसाहित्यकार अस्मित रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि १५ हजार रुपैयाँ छ । 
३० हजार रुपैयाँ राशिको लुम्बिनी अञ्चलस्तरीय स्थापित लोकगायन पुरस्कार नवलपरासीका लोकगायक तेजबहादुर केसीलाई प्रदान गरिने पनि गुठीले जनाएको छ । १५ हजार पुरस्कार राशिकै राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार बाग्लुङका लोकगायक निरु श्रीषलाई प्रदान गरिने भएको छ ।