१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:३०:००
Read Time : < 1 मिनेट
अर्थ

१५ प्रतिशत बढ्यो मिसनको नाफा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:३०:००

गत आवको चैत मसान्तमा ५ करोड ६१ लाख ९७ हजार रहेको मिसन डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफा चालू आवमा १५ दशमलव शून्य ८ प्रतिशत बढेर ६ करोड ४६ लाख पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपछि कम्पनीको नाफा पछि सामान्य बढेको हो ।

सो अवधिसम्ममा कम्पनीले १० करोड १५ लाख ८० हजार सञ्चालन मुनाफा आर्जन गरेको छ भने १५ करोड ८२ लाख ७९ हजार खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा सञ्चालन मुनाफा १५ दशमलव शून्य ८ प्रतिशत बढी हो भने खुद ब्याज आम्दानी २३ दशमलव २४ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष २२ दशमलव २९ प्रतिशत बढेर १२ करोड ७ लाख १३ हजार पुगेको छ । कम्पनीको चुक्ता पुँजी सो अवधिमा ११ प्रतिशत बढेर ५७ करोड ६४ लाख पुगेको छ । सो अवधिसम्ममा कम्पनीले ४ अर्ब ८८ करोड ६९ लाख निक्षेप संकलन गरी ४ अर्ब ३४ करोड ४४ लाख कर्जा प्रवाह गरेको छ ।

कम्पनीको निक्षेप गत आवको चैत मसान्तको तुलनामा ३७ दशमलव २७ प्रतिशत बढी हो भने कर्जा तथा सापटी ३५ दशमलव शून्य ८ प्रतिशत बढी हो । चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १० दशमलव ८३ गुणा रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी १४ दशमलव ९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय २० दशमलव ९४ रहेको छ ।