मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:५६:००
Read Time : < 1 मिनेट
सप्तरंग

बलिउड कलाकारको साइड बिजनेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:५६:००

मिथुन चक्रवर्ती 
अभिनेता मिथुन चक्रवर्तीले सुरुका दिन केही फिल्ममा साइड भूमिका निभाए । बिस्तारै मुख्य भूमिका निभाए । अहिले पनि मिथुन फिल्ममा कमेडी भूमिकामा देखिन्छन् । तर, उनी फिल्मका साथसाथै हस्पिटालिटी र शैक्षिक क्षेत्रमा परिचित मोनार्क ग्रुप कम्पनी चलाउँछन् । साथै, एक फिल्म प्रोडक्सनको मालिक पनि हुन्, उनी । 

सुनील सेट्टी 
सुनील सेट्टीलाई समकालीनको तुलनामा उति सफल अभिनेता मानिँदैन । तर, उनले निभाएको केही भूमिका अहिले पनि दर्शकले बिर्सन सक्दैनन् । उनी रेस्टुरेन्ट, नाइट क्लब, पपकर्न फिल्म प्रोडक्सन हाउसका मालिक हुन् । अन्तिम पटक उनको ‘रेस ३’ फिल्म २०१८ मा प्रदर्शन भएको थियो । 

करिश्मा कपुर
साइड बिजनेसमा सबैभन्दा पहिला नाम आउँछ, ९० को दशककी हिट अभिनेत्री करिश्मा कपुरको । करिश्माले बलिउडमा धेरै हिट फिल्म दिएकी छिन् । गोविन्दासँग उनको जोडी खुब जमेको थियो । करिश्मा अहिले आफ्नो ई–कमर्स पोर्टल चलाउँछिन् । जुन पोर्टलले बच्चा र आमालाई केयर गर्ने सामान बेच्छ । उनी सम्बन्धविच्छेद गरेर सिंगल  जीवन बिताइरहेकी छिन् । 

अक्षय कुमार 
अक्षय फिल्ममा सबैभन्दा व्यस्त अभिनेतामध्ये एक हुन् । वर्षमा तीन–चार फिल्ममा काम गर्छन् । अक्षय फिल्मका साथै अलहदा बेस्ट डिल नामक एक अनलाइन सपिङ च्यानल पनि चलाउँछन् । उनको हरि ओम इन्टरटेनमेन्ट फिल्म प्रोडक्सन हाउस पनि छ ।