मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:४२:००
Read Time : < 1 मिनेट
सप्तरंग

जहाँ विराट त्यहीँ अनुष्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:४२:००

बलिउड अभिनेत्री अनुष्का शर्मा सधैँ विराट कोहलीको साथमा देखिन्छिन् । अहिले इन्डियन प्रिमियर लिग (आइपिएल) चलिरहँदा अनुष्काले पनि फिल्मबाट ब्रेक लिएकी छिन् । उनी श्रीमान्को साथमा यात्रा गरिरहेकी छिन् । उनीहरू जहाँ जान्छन्, फ्यान र पत्रकारको ध्यान खिचिरहन्छन् । 

प्रतियोगिताका क्रममा दुवै कोलकाताबाट बंैगलोर गएका थिए । एयरपोर्टमा विराट र अनुष्कालाई फ्यानले घेरे । भीडमा विराट पनि अनुष्कालाई जोगाइरहेका थिए । विराट र अनुष्कालाई एयरपोर्टमा देखेपछि फ्यानहरूले ‘विरुष्का–विरुष्का’ भनेर चिच्याएका थिए । 

अनुष्का सधैँ विराटको टिमको समर्थनमा खेल मैदानमै हुन्छिन् । विराटलाई समर्थन गर्नकै लागि अनुष्काले ‘जिरो’ फिल्मपछि कुनै फिल्ममा पनि साइन गरेकी छैनन् । तर, विराटको बैंगलोर टिमले भने राम्रो प्रदर्शन गरिरहेको छैन । 

अनुष्काको अन्तिम फिल्म जिरोमा शाहरुख खान र क्याट्रिना कैफ पनि मुख्य भूमिकामा थिए । अनुष्काको अभिनयलाई रुचाइए पनि फिल्मले खासै कमाउन सकेन ।