१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:५१:००
Read Time : < 1 मिनेट
सप्तरंग

रेश्मा भइन् मिस नेपाल पिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:५१:००

मिस नेपाल पिस–०१९ को उपाधि रेश्मा प्रसाईंले जितेकी छन् । ओम हेल्थ कलेजकी बिएस्सी पासआउट २२ वर्षीया रेश्माले आफ्ना २५ प्रतिस्पर्धीलाई पछि पारेर शीर्षसहित ब्युटी विथ ब्रेनको उपाधिसमेत हात पारेकी हुन् । 

छैटौँ संस्करणको प्रतियोगिताकी विजेता रेश्माले उपाधिसहित नगद रु. ५० हजार तथा विभिन्न उपहार प्राप्त गरिन् । प्रतियोगितामा रोशनी शाहीले फस्ट रनरअपसहित मिस ट्यालेन्टको उपाधि जितिन् । त्यसैगरी, आकृति मानन्धर मिस फोटोजेनिकसहित सेकेन्ड रनरअप घोषित भइन् । उनीहरूले क्रमशः ३० र २० हजार रुपैयाँ नगदसहित विभिन्न उपहार प्राप्त गरे ।

नर्सिङ पेसामा संलग्न युवतीले भाग लिन पाउने प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आइरहेको छ । प्रतियोगितामा मिस पर्सनालिटीको उपाधि श्रेया श्रेष्ठले प्राप्त गरिन् । त्यसैगरी, आस्था हमाल मोस्ट चार्मिङ, अदिति डिसी बेस्ट वाक, प्रिती सुनाम बेस्ट नर्सिङ थिम ड्रेस, अनिता बस्नेत पब्लिक च्वाइस, नविना महर्जन सोसियल्ली रेस्पोन्सिबल, सन्ध्या ओझा मोस्ट डिसिप्लिन र सरगम गुरुङ मोस्ट पपुलर उपाधि विजेता बने । विगतमा भन्दा अझ भव्यताका साथ प्रतियोगिता सम्पन्न भएको दाबी आयोजक संस्थाकी व्यवस्थापक यतना पाण्डेको छ ।