१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:४२:००
Read Time : < 1 मिनेट
खेलकुद

कर्णाली प्रिमियर लिगको खेल-तालिका सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:४२:००

कर्णाली प्रिमियर लिग (केपिएल) को खेल तालिका सार्वजनिक भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १२ देखि २१ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली ११ ले लालीगुराँस क्रिकेड एकेडेमीको सामना गर्नेछ । प्रतियोगिताको पहिलो र अन्तिम दिन समान एक खेल मात्र हुने कर्णाली क्रिकेट एकेडेमी (केसिए)ले जनाएको छ । 

तीन विभागीयसहित आठ टोली सहभागी हुने प्रतियोगितामा विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पाउनेछन् । यो धनराशी कर्णाली प्रदेशकै विजेताले पाउने सर्वाधिक रहेकोे आयोजकले जनाएको छ । प्रतियोगितामा म्यान अफ दी सिरिजलाई ५० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २० हजार रुपैयाँ पाउनेछन् । यसैगरी, हरेक खेलमा ’म्यान अफ दी म्याच’ हुने खेलाडीले तीन हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

वसन्त रेग्मीको कप्तानीमा एपिएफ क्लब, विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मी क्लब र मन्जित श्रेष्ठको कप्तानीमा नेपाल पुलिस रहेका छन् । कर्णाली क्रिक्रेट एकेडेमीको नेतृत्व रवीन्द्रजंग शाही, महेन्द्रनगर क्रिकेट एकेडेमी (कञ्चनपुर) बाट सुशील खड्काले कप्तानी गर्नेछन् । मेहबुब आलमले लालीगुराँस क्रिकेट एकेडेमी (झापा) र अजय साहनीले मध्यपश्चिम क्रिकेट (बाँके) र सुरेन्द्र चन्दले हिमालयन क्रिकेट एकेडमी (काठमाडौं) को टोली नेतृत्व गर्नेछन् ।