१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:१२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् पौडीका नौ फाइदा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:१२:००

गर्मीको समयमा अधिकांश पौडी खेल्न रुचाउँछन् । तर, यो केवल सोखको विषयमात्रै होइन । स्वास्थ्यका लागि यो निकै फाइदाजनक छ । पौडी शारिरीक अभ्यासको गतिलो माध्यम हो । यो त्यस्तो एरोबिक अभ्यास हो, जसले शरीका धेरै अंगहरूलाई एकैपटक चलायमान बनाउँछ, त्यो पनि बिना कुनै क्षति । यसका लागि  कुनै उपकरणको पनि आवश्यकता पर्दैन, केवल पौडने सीप र पोखरी भए पुग्छ । यसले शरीरमा लागेका चोट–पटक निको पार्न पनि सहयोग गर्छ । 

 -पौडी खेल्दा धेरै शक्ति खर्चनुपर्छ । जसले गर्दा मांशपेशीको तागत बढ्छ । पानी आफैँमा एउटा शक्ति हो । यसमा तैरिँदा मांसपेशीका धेरै समूह सक्रिय हुन्छन् ।
- पौडीले बोन मिनरल डेन्सिटी (बिएमडी) र फेमोरल बोन दुवैलाई नियन्त्रण गर्छ । यसो हुँदा शरीरका हड्डी वृद्धिमा सहयोग पुग्छ र मजबुत पनि हुन्छ ।
- पौडदा तपाईंको शरीर पानीका माध्यमबाट फैलिने, बटारिने, घुम्ने आदि हुन्छ । तपाईंका घुँडा पखेटासमान पौडिन्छन् । हातले बाँकटे हान्नुहुन्छ । किक हान्दा हरेक अंगमा दबाब उत्पन्न हुन्छ । यस्ता क्रियाकलाप केही समय चल्दा शरीर लचकदार बन्छ ।
- धमनीलाई सशक्त बनाउँछ । अन्ततः यसले मुटुलाई फाइदा पु¥याउँछ । मुटुलगायत शरीरका संवेदनशील भाग सुन्निएको अवस्थामा पनि नियमित पौडी खेले ठीक हुँदै जान्छ । 
- शरीरको क्यालोरी खर्च हुन्छ । पौडदाँ दौडेभन्दा पनि बढी क्यालोरी खर्च हुन्छ । उदाहरणका लागि बे्रस्टस्ट्रोक १० मिनेट स्विमिङ गर्दा ६० क्यालोरी खर्च हुन्छ । ब्याकस्ट्रोकबाट ८०, फ्रिस्टाइलबाट १०० र बटरफ्लाईबाट १५० क्यालोरी खर्च हुन्छ । जबकि १० मिनेट रनिङ गर्दा १०० क्यालोरी मात्र खर्च हुन्छ । त्यसकारण ३० मिनेट बटरफ्लाई स्पिड स्विमिङले १५० भन्दा धेरै क्यालोरी खर्च गर्छ । यो ३० मिनेटमा पाँच किमि दौडिएसरह हो ।
- पौडँदा हामीले अन्य अवस्थामा भन्दा ओसिलो अक्सिजन प्राप्त गर्छौं । यस्तो हावा फोक्सोका लागि अति उपयुक्त हुन्छ । तसर्थ, स्विमिङ गर्ने मानिसलाई हतपत दमको रोग लाग्दैन । स्वच्छ हावाका लागि दमका रोगीले पनि पौडन जरुरी छ ।
 -पौडीले मानिसको दिमागमा अर्कै किसिमको तरंग पैदा गर्छ । यसले ह्यापी हर्मोन उत्पादन गर्ने अनुसन्धनकर्ताहरूको दाबी छ । यसले योगासरहको लाभ प्राप्त गर्न सकिन्छ । शरीरमा एकरूपताको शक्ति प्रदान गर्छ । थकान मेट्न मद्दत गर्छ । तपाईंको मुख्य फोकस पानीसँगै भाग्ने हुन्छ । त्यो भित्री दुनियाँमा तपाईं हराउनुहुन्छ । अर्कै संसारमा पुग्नुहुन्छ । मानसिक चिन्ता स्वतः कम हुन्छ ।
- तपाईं नुनिलो पानी भएको ठाउँ वा समुद्रमा पौडनुहुन्छ भने यसले तपाईंको छालालाई फाइदा गर्छ । नुनिलो पानीले नयाँ सेल पैदा गर्न मद्दत गर्ने र यसले सौन्दर्य वृद्धिमा पनि सघाउने अनुसन्धानकर्ताहरूको दाबी छ ।
- पौडी खेल्नेहरू स्वस्थय र दिर्घायु हुन्छन् । । साउथ क्यारोलिना विश्वविद्यालयको एउटा अनुसन्धानले पुष्टि गरेअनुसार पौडी खेल्नेको आयु अरूको भन्दा लामो भएको पाइयो ।