मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रजनीश भण्डारी मल्टिमिडिया पत्रकार
२०७६ बैशाख ९ सोमबार ०७:०६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सामाजिक सञ्जाल चलाउँदा जान्नैपर्ने कुरा

Read Time : > 1 मिनेट
रजनीश भण्डारी मल्टिमिडिया पत्रकार
२०७६ बैशाख ९ सोमबार ०७:०६:००

पक्कै तपाईं पनि एक प्रखर सामाजिक सञ्जाल प्रयोगकर्ता हुनुहुन्छ होला ! सामाजिक सञ्जालमा चाहिनेभन्दा बढी समय खर्च गरेकोबारे प्रायश्चित्त गर्र्दै त हुनुहुन्न ? अथवा, आफ्ना साना भाइबहिनी सामाजिक सञ्जालमा झुन्डिएर बानी बिगारे भन्ने चिन्ता गर्नुभएको त छैन ? विशेषगरी, सामाजिक सञ्जालको प्रभावमा किशोर–किशोरीहरू बढी परेका छन् । सामान्यतया, सामाजिक सञ्जाल चलाउन १३ वर्ष पुगेको हुनुपर्छ । यो उमेरमा उत्सुकता धेरै हुने भएकाले के राम्रो–नराम्रो भन्ने छुट्याउन सक्ने अवस्था हुँदैन । त्यसैले, सामाजिक सञ्जाल व्यवस्थित रूपमा चलाउन निम्न कुरामा ध्यान दिन सकिन्छ :

 प्रयोजन
सामाजिक सञ्जाल के हो भनेर बुझेर मात्रै यसको प्रयोग गर्नुपर्छ । खासगरी, केका लागि चलाउने भन्ने यकिन हुन जरुरी छ । साथीभाइसँग जोडिन, घरपरिवार/आफन्तसँग सम्पर्कमा रहन, केही कुरा सिक्न, अफिसियल काम गर्न, वा आफ्नो परीचय स्थापित गर्न आदि विभिन्न शीर्षकमध्ये के प्रयोजनका लागि चलाउने हो, पहिले नै स्पस्ट हुनु आवश्यक हुन्छ । अर्थात्, सामाजिक सञ्जाल प्रयोगका लागि रणनीति बनाउन जरुरी छ । यसले व्यवस्थित रूपमा चल्न सहयोग गर्छ । 

 समय
लामो समयसम्म सामाजिक सञ्जालमा झुन्डिएर भने बस्नुहुँदैन । खासगरी, युवाहरूमा लामो समयसम्म सामाजिक सञ्जाल चलाउने लत पर्न सक्छ । यसले व्यक्तिको स्वास्थ्यमा असर गरिरहेको हुन्छ  । सामाजिक सञ्जालमा यस्ता महŒवपूर्ण जानकारी हुन्छन्, जसको प्रयोगबाट प्रचुर मात्रामा ज्ञान लिन सकिन्छ । तर, नकारात्मक पक्ष पनि उत्तिकै हुने भएकाले सजग भएर चलाउनुपर्छ । दिनमा कति समय चलाउने तथा कुन समयमा के पोस्ट गर्ने भन्ने बुझेर तयारीका साथ चलाउँदा राम्रो हुन्छ । 
 जानकारी
विशेषगरी, किशोर–किशोरीमा सामाजिक सञ्जालबारे चेतनाको कमी हुन्छ । जुनसुकै साइट खोलेर हेर्ने तथा अनावश्यक पेज लाइक गर्ने हुन्छन् । यसले उनीहरूको मस्तिष्कमा  प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यसको जिम्मेवारी अभिभावकले लिनुपर्छ । सामाजिक सञ्जालका फाइदा÷बेफाइदाबारे विद्यालय वा घरमा छलफल गर्नुपर्छ । सामाजिक सञ्जालमा आइरहने कतिपय विषयमाथि जानकार नहुँदासमेत अपराध भइरहेका हुन्छन् । कम्तीमा यसले पार्न सक्ने प्रभावबारे जानकारी हुनुपर्छ । 

 नियमपालना
सामाजिक सञ्जालमा जथाभावी पोस्ट गर्नुहुँदैन । अरूको व्यक्तित्वमा आँच आउने सामग्री र झुटा समाचार अर्थात् फेक न्युज राख्नुहुँदैन । यस्ता सामग्री जथाभावी प्रयोग गरिएमा कारबाहीसमेत हुने व्यवस्था छ । सामाजिक सञ्जाल संयम र व्यवस्थित भएर चलाउन आवश्यक छ । यसमा आफ्नो मात्र नभई सबैको हित हुने सामग्री पोस्ट गर्नुपर्छ । यसको सही प्रयोग गरे आफ्नो व्यक्तित्वको विकासका साथै आफ्नो कामबारेसमेत अरूलाई जानकारी दिन सकिन्छ ।

केही तथ्य
संसारकै सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकमा मात्र मासिक रूपमा २.३ अर्ब सक्रिय प्रयोगकर्ता छन् । १५ वर्षअघि सुरु भएको फेसबुकमा ३५ हजार कर्मचारी काम गर्छन् । नेपालमा ८० लाखभन्दा बढी फेसकबुक प्रयोगकर्ता भएको तथ्यांक छ । फेसबुकसँगै ट्विटर, भाइबर, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता  विभिन्न सामाजिक सञ्जाल चलाउनेको संख्या दिनदिनै बढिरहेको छ । सूचनाका लागि सामाजिक सञ्जाल महत्वपूर्ण पाटो हो । अझ, टाढा रहेका आफन्तसँग फोटो र भिडियो हेरी कुराकानी गर्न बच्चादेखि बुढाबुढीसम्म खुसी हुन्छन् ।  

अहिले हामी बढी समय आ–आफ्ना मोबाइल फोनसँग व्यतीत गर्छौं । आफ्नो महत्वपूर्ण काम छाडेर भए पनि सामाजिक सञ्जालमा लाइक र कमेन्ट गर्न लाग्छौँ । सामाजिक सञ्जालको पनि गलत  प्रयोग भइरहेको छ । सामाजिक सञ्जालमार्फत स्थापित सम्पर्कका कारण हत्या, हिंसा र अपहरणजस्ता अपराध बढिरहेको प्रहरीको तथ्यांक छ ।