१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ बैशाख ९ सोमबार ०६:५८:००
Read Time : < 1 मिनेट
प्रदेश

सदरमुकाममै खानेपानी समस्या

Read Time : < 1 मिनेट
२०७६ बैशाख ९ सोमबार ०६:५८:००

०७२ को विनाशकारी भूकम्पपछि भोजपुर सदरमुकाममा खानेपानीको संकट सिर्जना हुन थालेको छ । भूकम्पपछि सदरमुकाम क्षेत्रका पानीका पुराना मुहान सुक्दा हिउँदमा खानेपानीको संकट हुन थालेको स्थानीयले बताए । खानेपानी अभावले दैनिक घरव्यवहार चलाउनेदेखि विकास निर्माणका पूर्वाधार

निर्माणमा समेत समस्या सिर्जना भएको छ ।
खानेपानी अभावको मारमा सबैभन्दा बढी गृहिणी र विद्यार्थी परेका छन् । विगत केही दिनदेखि भोजपुर बहुमुखी क्याम्पसको छात्रावासमा खानेपानीको हाहाकार छ । धारामा आक्कलझुक्कल मात्रै पानी आउँदा समस्या हुने गरेको विद्यार्थी तुलसा बस्नेतले बताइन् । ‘एउटा धारा छ, ३०–३५ जना विद्यार्थी छात्रावासमा बस्छौँ,’ उनले भनिन्, ‘पानी थाप्ने पालो कुर्दा धेरैपटक पढाइ छुटेको छ ।’ पानी नहुँदा छात्रवासका ट्वाइलेट र बाथरुम पनि दुर्गन्धित छन् ।

मागको आधाभन्दा कम पानी
स्थानीय सिलिचुङ खानेपानी उपभोक्ता समितिले एक हजार तीन सय ८५ घरधुरी उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । समितिले एकदिनमा दुई लाख लिटर पानी वितरण गर्छ । उपभोक्ताको माग दैनिक चार लाख ५० हजार लिटरभन्दा बढी रहेको समितिका अध्यक्ष प्रवीण सुवालले बताए । उनका अनुसार आयोजनाको खानेपानीको क्षमता प्रतिसेकेन्ड १४ लिटर छ । तर, हाल आठ लिटर प्रति सेकेन्डका दरले मात्रै पानी आउने गरेको छ । 

‘खानेपानीको मुहान रहेको भोजपुर नगरपालिका–५ बोखिमको भुल्के, डढुवा, तीनधारे र जोरसाँघुका मुहानमा बर्सेनि पानी घट्दै गएकाले समस्या सिर्जना हुन थालेको छ,’ अध्यक्ष सुवालले भने ।