मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:००:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

फ्रस्ट्रेसन भएमा के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:००:००

-फ्रस्ट्रेसनको पहिलो चरणमा काम गर्न मन नलाग्ने, मन दुःखी भइरहने हुन्छ । यस्तो अवस्थामा खुसी हुने उपायको खोजी गर्ने ।
-साथीभाइसँग खुलेर आफ्नो समस्याका विषयमा कुरा गर्ने । 
-समयमा खाने, पूरा निद्रा सुत्ने, मन परेको गीत सुन्ने, घुम्न जाने तथा रचनात्मक काममा व्यस्त रहने । 
-व्यायाम गर्नुस्, योगा गरेर मन खुसी राख्न प्रयास गर्नुस् । विगतका कुरा सम्झेर दुःखी नहुनुस् । सकारात्मक कुरामा मात्रै ध्यान केन्द्रित गर्नुस् । 
-हरियाली वातावरण, मिल्ने साथी, घरपालुवा जनावर आदि जसले आशाको सञ्चार गराउन सक्छन्, नियाल्नुस् । लामो सास लिनुहोस् ।
-यति गर्दा पनि मन शान्त नभएमा मनोपरामर्शदाता वा चिकित्सककहा“ जानुपर्छ । साइकोथेरापी वा औषधिको सेवनले पनि समस्याबाट छुटकारा पाउन सकिन्छ ।
-तीन चरणमध्ये पहिलो र दोस्रो चरणका बिरामी सही परामर्शबाट निको हुन सक्छन् । तेस्रो चरणमा चिकित्सकको सल्लाहअनुरूप औषधि सेवन गर्नुपर्छ ।