Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ८ आइतबार ११:०६:००
Read Time : > 2 मिनेट
सेयर बजार

नयाँ वर्षको पहिलो साता  सेयर बजारमा उत्साह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ८ आइतबार ११:०६:००

नयाँ वर्षको पहिलो साता सेयर बजार उत्साहपूर्ण भएको छ । पहिलो कारोबार दिन उकालो लागेको नेप्सेले बाँकी तीन कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको थियो । तेस्रो त्रैमासको अन्त्यसँगै कम्पनीहरूले सो अवधिसम्मको वित्तीय विवरण प्रकाशित गर्न थालेका छन् । कम्पनीहरूले नाफामूलक वित्तीय विवरण प्रकाशित गरिरहेका कारण बजारमा त्यसको प्रभाव परेको हो । यसका साथै पुँजीबजार सुधार तथा विस्तारका लागि भएका कार्यहरूले पनि बजार प्रभावित भएको छ । नयाँ वर्षको सुरुवातसँगै लगानीकर्ताहरू नयाँ जोस, जाँगर र रणनीतिसहित बजार प्रवेश गरेको एक ब्रोकरले बताए । यसलाई सेयर बजारको मौसमी प्रभाव पनि भनिन्छ । 

नयाँ वर्षको सुरुवातमा सेयर बजारले गति लिने गर्छ । नेपालमा मात्र नभएर विदेशमा पनि नयाँ वर्षको पहिलो साता बजार बुलिस हुने गर्छ । साथै, निरन्तर नेप्से निरन्तर ओरालो लागेका कारण सेयर मूल्य सस्तिएको छ । लाभांश घोषणा गर्ने समय नजिक  आएको वेला सस्तो मूल्यमा राम्रा कम्पनीहरूको सेयर खरिद गर्न लगानीकर्ताहरू बजार प्रवेश गरेका हुन् । 

बजार सारांश
गत साता नेप्से परिसूचक ४८ दशमलव २४ अंक बढेर १ हजार २ सय ३२ दशमलव २६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता ११ दशमलव ९२ अंक बढेर २ सय ६५ दशमलव ५६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स ४ दशमलव शून्य ७ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव १८ अंक बढेको छ । सो साता १ सय ८३ कम्पनीको ३३ हजार २१ पटकको कारोबारमा २ अर्ब ६२ करोड २ लाख ५ हजार रुपैयाँबराबरको ८६ लाख ४२ हजार २६ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ७९ दशमलव ५४ स्केलमा पुगेको छ । ओभरबट जोनमा रहेको यस आरएसआईले बजारमा सेयर बिक्री चापको तुलनामा खरिद चाप बढी रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता ३ दशमलव शून्य ८ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । सो साता कारोबारमा आएका १ सय ८३ कम्पनीमध्ये १ सय ११ कम्पनीको सेयरमूल्य बढेको छ भने ३६ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३६ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार २ सय १७ दशमलव ७७ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार २ सय ३ दशमलव २४ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार १ सय ७४ दशमलव १७ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार २ सय ४६ दशमलव ८४ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार २ सय ६१ दशमलव ३७ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

एनएमबीको सर्वाधिक कारोबार
गत साता वाणिज्य बैंकहरूको सेयर कारोबार बढेको छ । कारोबार रकमका आधारमा उत्कृष्ट १० कम्पनीहरूको सूचीमा ९ वाणिज्य बैंक रहेका छन् । गत साता कारोबार रकमका आधारमा एनएमबी बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको गत साता १ हजार ६ सय २५ पटकको कारोबारमा १९ करोड ४० लाख ९० हजार रुपैयाँबराबरको ५ लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । सेयर संख्या र कारोबार संख्याका आधारमा सो साता कुमारी बैंक अगाडि रहेको छ । गत साता सो कुमारीको १ हजार ९ सय ९ पटकको कारोबारमा १७ करोड २६ लाख ३० हजार रुपैयाँबराबरको ६ लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ ।
 
एक करोड ९८ लाख कित्ता सेयर सूचीकृत
गत साता २ कम्पनीहरूले कुल १ करोड ९८ लाख २४ हजार २० कित्ता सेयर सूचीकृत गरेका छन् । सो साता सिनर्जी फाइनान्स कम्पनी लिमिटेडको ३ लाख ८० हजार ९ सय ३८ कित्ता हकप्रद सेयर सूचीकृत गरेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको १ करोड ९४ लाख ४३ हजार ८२ कित्ता बोनस सेयर सूचीकृत गरेको छ ।

सर्वाधिक कमाउने नेपाल एसबिआई
गत साता नेपाल एसबिआई बैंकका लगानीकर्ताहरूले सर्वाधिक १३ दशमलव १४ प्रतिशत कमाएका छन् । त्यसैगरी, सो साता डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १३ प्रतिशत, कृषि विकास बैंकको ११ दशमलव ८२ प्रतिशत, सिद्धार्थ बैंकको ११ दशमलव ७१ प्रतिशत र प्रभु बैंकको ११ दशमलव २ प्रतिशत बढेको छ । सो साता विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ७ दशमलव शून्य ९ प्रतिशत, नाडेप लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ८२ प्रतिशत, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ५ दशमलव ८८ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ५ प्रतिशत घटेको छ । 

८ समूहको परिसूचक बढ्यो
गत साता कारोबारमा आएका १० समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने बाँकी २ समूहको परिसूचक घटेको छ । सो साता जीवन बिमा समूहको परिसूचक सर्वाधिक ८२ दशमलव १२ अंक बढेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक ७६ दशमलव २२ अंक, वाणिज्य बैंक समूहको ६९ दशमलव ५७ प्रतिशत, होटल समूहको ५४ दशमलव ४८ अंक, निर्जीवन बिमा समूहको ३३ दशमलव १६ अंक, विकास बैंक समूहको २८ दशमलव ९६ अंक, उत्पादनमूलक समूहको १४ दशमलव ९५ अंक र वित्त समूहको ४ दशमलव ६४ अंक बढेको छ । अन्य समूहको परिसूचक सो साता १ दशमलव ४४ अंक र जलविद्युत् समूहको ६ दशमलव शून्य १ अंक घटेको छ ।