मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ८ आइतबार ०६:३०:००
Read Time : < 1 मिनेट
साहित्य

पहिचान पुरस्कार वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ८ आइतबार ०६:३०:००

पहिचान पुरस्कार २०७५ का विजेता दुई कृति आफर र नथियाका स्रष्टा पुरस्कृत भएका छन् । पहिचान पुरस्कार कोषले नथिया उपन्यासका लेखक सरस्वती प्रतीक्षा र आफर कविताकृतिका लेखक उन्मुक्त पुस्तासम्बद्ध कविलाई पुरस्कार र सम्मानपत्र वितरण गरेको हो ।

यो वर्षको पहिचान पुरस्कार दुवै कृतिले संयुक्त रूपमा पाएका हुन् । पुरस्कार दुई लाख दुई हजार दुई रुपैयाँको छ । कविताकृति र आख्यानमार्फत दलित अधिकार र पहिचानको पक्षमा पुर्‍याएको योगदानका लागि ती कृतिलाई पुरस्कृत गरिएको कोषले जनाएको छ । आफरमा आठ कविका ३३ कविता छन् । कवि माधव घिमिरे ‘अटल’, केशव सिलवाल, केशरी अम्गाई, प्रकाश गुरागाईं, मुक्तान थेबा, केवल बिनाबी, हरिशरण परियार, राजु स्याङ्तानका कविता छन् ।

पुरस्कार र सम्मान अर्पण गर्दै प्रमुख अतिथि वैरागी काइँलाले साहित्यले समाज परिवर्तन गर्ने सामथ्र्य राख्ने बताए । अर्का अतिथि आहुतिले दलितको पक्षमा लेखिएका साहित्यलाई पुरस्कृत गरेर पहिचान पुरस्कारले आफ्नो क्षेत्र बढाएको बताए ।