१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
डेभिड रोहडे
२०७६ बैशाख ८ आइतबार ०७:३९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

ट्रम्पको भाग्य मतदाताले फैसला गर्नेछन्

Read Time : > 2 मिनेट
डेभिड रोहडे
२०७६ बैशाख ८ आइतबार ०७:३९:००

डोनाल्ड ट्रम्पको भाग्य भोटिङ बुथले मात्र निर्धारण गर्नेछ, अन्तिम प्रश्न, मतदाताले उनलाई कति जिम्मेवार देख्छन् भन्ने नै हो
विशेष परामर्शदाताको प्रतिवेदनसँगै धेरै त्यस्ता घटना बाहिर आएका छन्, जसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवैध ठहर नगरे पनि स्पष्ट रूपमा अनैतिक देखाउँछन् । केही घटना पहिल्यै सार्वजनिक भइसकेका छन् । जस्तो, माइकल फ्लाइनबारे अनुसन्धान रोक्न तत्कालीन एफबिआई निर्देशक जेम्स कोमेईसँग गरेको आग्रह । अन्य धेरै घटना यसअघि सार्वजनिक भएका थिएनन् । 

सन् २०१७ को ग्रीष्मयाममा ट्रम्पले आफ्ना पूर्वचुनावी व्यवस्थापक कोरे लेवान्डोस्कीलाई तत्कालीन महान्यायाधिवक्ता जेफ सेसन्ससमक्ष एउटा सन्देश पठाउन निर्देशन दिए । रोबर्ट मुलरको अनुसन्धान दायरालाई सीमित गर्नुपर्ने ट्रम्पको सन्देश थियो । तर, लेवान्डोस्कीले यस्तो सन्देश पठाउन अस्वीकार गरे । अनुसन्धानमा हस्तक्षेप गर्न ट्रम्पले गरेको आग्रहलाई उनकै सल्लाहकारले लत्याएका यस्ता धेरै घटनाको वर्णन मुलरले गरेका छन् । ‘अनुसन्धानमा प्रभाव पार्ने राष्ट्रपतिको प्रयास धेरैजसो असफल भयो,’ प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रपतिको वरपर रहेका व्यक्ति नै उनका आदेश बोकेर ल्याउन वा आग्रहमा सहमत हुन सकेनन् ।’ कसरी राष्ट्रपतिले आफ्नो फाइदाका लागि सहयोगीलाई दबाब दिएका थिए, अधिकारीलाई दुव्र्यवहार गरेका थिए र सर्वसाधारणसामु झुटो बोलेका थिए भन्ने प्रतिवेदनले देखाउँछन् । केही घटनामा, ट्रम्पका कर्मचारी जो चुनावी अभियान, ह्वाइटहाउस वा आफ्नै रक्षार्थ जुटेका थिए, उनीहरूको व्यवहार ट्रम्पभन्दा नैतिक देखियो । ट्रम्प भने कानुन तोडमोड गर्न लागिरहे ।

प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पले अव्यवस्थित कदम चालेका छन्, झुटो भाषण दिएका छन्, आफ्ना सहयोगीलाई गलत काममा लाग्न प्रोत्साहित गरेका छन्

तर, न्यायिक विभागका पूर्ववरिष्ठ कानुनविद् डेभिड क्रिसले मसँग भनेअनुसार रोबर्ट मुलर र उनको टिमले अनुसन्धानमा प्रयोग गरेका प्रमाण आपराधिक प्रकृतिका छन् । यसलाई द्विविधाका दृष्टिले हेर्न र त्यसपछि प्रमाणित गर्न सकिन्छ । अहिलेका लागि राष्ट्रपतिको कदम सजायको लायक देखिएन, तर मुलरको अनुसन्धान सीमित गर्न उनले गरेको प्रयास र सार्वजनिक स्थानमा बोलेको झुटले उनको राजनीति सिध्याउन सक्छ । ‘अहिले हामीले ध्यान दिनुपर्ने कुरा गलत कार्यको विस्तार यहाँ पनि भएको छ । यो अहिलेलाई अपराध करार हुँदैन भने पनि प्रतिवेदनले अन्त्यमा राष्ट्रपतिको छवि धूमिल गराइदिएको छ,’ क्रिसले भने । 

तत्कालका लागि मुलरको प्रतिवेदन राष्ट्रपतिका लागि खतरा नहुन सक्छ । यो सामान्यजस्तो देखिन्छ । तर, संसदीय न्याय समितिका अध्यक्ष जेरोल्ड नाड्लरले संसद्ले ट्रम्पमाथि निरन्तर छानबिन गर्ने घोषणा गरेका छन् । ‘मुलरको प्रतिवेदनले राष्ट्रपति ट्रम्प संलग्न न्यायका अवरोधक घटना र अन्य गलत कार्यका केही महŒवपूर्ण प्रमाण उतारेको छ,’ उनले भने, ‘अब राष्ट्रपतिलाई यी काममा जिम्मेवार ठहर गर्ने दायित्व संसद्को काँधमा छ ।’ 

सत्तारूढ रिपब्लिकन पार्टीका केही प्रतिनिधिले प्रतिवेदनको नतिजा आएपछि सबै ठीक देखिएजस्तो अभिनय गरेका छन् । ‘अमेरिकी इतिहासको यो दुःखद अध्यायले हामीलाई पिछा गरिरहेको छ,’ जिम जोर्डन, हाउस ओभरसाइट कमिटीका प्रतिनिधिले विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘गलत राजनीतिक जाँचको हमलाका लागि यसलाई निरन्तरता दिइनु लज्जाको विषय हो ।’ अर्का रिपब्लिकन मिच म्याककोन्नेले मुलर, महान्यायाधिवक्ता विलियम बार र सहमहान्यायाधिवक्ता रोड रोसेन्स्टियनको प्रशंसा गरेका छन् । ‘यो अनुसन्धान यसभन्दा राम्रो तरिकाले हुनै सक्दैनथ्यो,’ उनले भनेका छन् । 

प्रतिवेदनले देखाएअनुसार राष्ट्रपतिले अव्यवस्थित कदम चालेका छन्, झुटो भाषण दिएका छन्, आफ्ना सहयोगीलाई गलत काममा लाग्न प्रोत्साहित गरेका छन्, झन्डै दुई वर्षदेखि भूतले पिछा गरेर आफूलाई प्रताडित गरेको बताएका छन् । ट्विटरमा लेखेका छन्, ‘मैले भन्दै आएको छु, कुनै अवरोध छैन, कुनै निष्कर्ष छैन ।’

कंग्रेसमा उनका रिपब्लिकन समर्थकले समर्थन नवीकरण गरेका छन् । रिपब्लिकनका प्रतिनिधि स्टिभ स्केलाइजले भनेका छन्, ‘डेमोक्र्याटहरूले अमेरिकी जनतासँग माफी माग्नैपर्छ ।’ केही डेमोक्र्याटले यो प्रतिवेदनसँगै ट्रम्प राष्ट्रपतिको कुर्सीमा रहन लायक छैनन् भन्ने खुलासा भएको दाबी गर्न सक्छन् । उनीहरूले महाअभियोगका लागि प्रस्ताव गर्न सक्छन् । तर, अपराधी करार नभएको अवस्थामा रिपब्लिकनले कहिल्यै यस्तो अनुमति दिनेछैनन् । अब डोनाल्ड ट्रम्पको भाग्य भोटिङ बुथले मात्र निर्धारण गर्नेछ । अन्तिम प्रश्न, मतदाताले उनलाई कति जिम्मेवार देख्छन् भन्ने नै हो । 
(रोहडे न्युयोर्कर डटकमका सम्पादक हुन्) 
न्युयोर्कर डटकमबाट