१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार २२:१५:००
Read Time : < 1 मिनेट
खेलकुद

दिल्लीविरुद्ध पन्जाबले बनायाे १६४ रनको याेगफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार २२:१५:००

इन्डियन प्रिमियर लिग(आइपिएल)को जारी खेलमा किंग्स ११ पन्जाबले दिल्ली क्यापिटल्स्लाई १६४ रनको चुनौती दिएको छ । दिल्लीको घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेकाे पन्जाबले क्रिश गेलको आक्रमक ब्याटिङको मद्दतमा १६३ रन बनायो । पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर उक्त योगफल तयार पारेको हो ।
 
गेलले ३७ बलमा ५ छक्का र ६ चौका प्रहार गर्दै ६९ रन जोडे । यस्तै मन्दीप सिंहले ३०, हरप्रित ब्रारले अविजित २०, रविचन्द्रन आश्विनले १६ र लोकेश राहुलले १२ रन बनाए । 

दिल्लीका लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्रिश गेल, लोकेश राहुल र साम कुरानको विकेट लिए । उनले चार ओभरमा ४० रन खर्चिएर ३ विकेट लिएका हुन् । कासिगो रबादा र अक्सर पटेलले २–२ विकेट लिए ।