१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार २१:५७:००
Read Time : > 1 मिनेट
खेलकुद

दिल्लीको मैदानमा सन्दीपको जादु : राहुल, गेल र कुरानको विकेट लिए 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार २१:५७:००

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल)को दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जाबबीचको खेलमा आफ्नो जादुमय बलिङ प्रदर्शन गरेका छन् । नयाँ दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा उनले आक्रमक ब्याटिङमा उत्रिएका पन्जाबका तीन शक्तिशाली ब्याट्सम्यानलाई आउट गर्दै जादुमयी प्रदर्शन गरेका हुन् ।

दिल्लीका लागि दोस्रो ओभर बलिङ गरेका लामिछानेले चौथोँ बलमा ओपनर लोकेश राहुलको विकेट लिए । १२ रन बनाएका राहुलले उनको यो ओभरको पहिलो बलमा नै छक्का हानेका थिए । यसको बद्ला लिँदै लामिछानेले चौथोँ बलमा राहुललाई विकेट किपर रिसभ पन्तबाट स्टम्पिङ गराए ।

सन्दीपको दोस्रो ओभर भने खराब रह्यो । वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिश गेलले उनको ओभरमा चार चौका प्रहार गरे । गेलको विकेट लिन भने सन्दीप नै बलिङमा आउनु पर्‍यो । विष्फोटक ब्याटिङका लागि चिनिएका गेलले २५ बलमा नै अर्धशतक पूरा गरे भने ३७ बलमा ६९ रन बनाए ।

खेलको तेह्रौं ओभरमा सन्दीप फेरि बलिङमा आए । यस पटक पहिलो बलमा गेलले उनलाई छक्का प्रहार गरे । यसपछि दोस्रो बलमा सन्दीपले सम्झन योग्य विकेटमा गेललाई आउट गरे । जुन रोचक रह्यो । सन्दीपको बलमा अर्को छक्का हान्न खोजेका गेल त्यो बल कोलिन इन्ग्रामको हातमा आइपुग्यो । तर बाउन्ड्री नजिकै रहेका इन्ग्राम सम्हालिन सकेनन् । बल हावामा फालिदिए र आफू बाउन्ड्री बाहिर ढल्न पुगे । इन्ग्रामले फालेको बललाई अक्सर पटेलले क्याच गरे । गेल आउट भए । 

यही ओभरको अन्तिम बलमा साम कुरानलाई आफैं क्याच गरेर सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिए । दिल्लीका लागि पन्ध्रौं ओभर बलिङ गरेका लामिछानेको अन्तिम बलमा मन्दीप सिंह धरापमा परेका थिए । लामिछानेको बलमा ठुलो सट खेल्न खोजेका सिंहको क्याच कासिगो रबदाले उम्काए । लामिछाने चौथोँ विकेटको अवसरबाट बञ्चित रहे । लामिछानेले आफ्नो चार ओभर बलिङ गर्दा ४० रन खर्चिएर ३ विकेट लिएका हुन् । आइपिएलको यो सिजनमा उनले ५ खेलबाट ८ विकेट लिएका छन् ।