मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख ७ शनिबार २०:३२:००
Read Time : < 1 मिनेट
समाचार

लागु औषधसहित पाँच जना पक्राउ

Read Time : < 1 मिनेट
२०७६ बैशाख ७ शनिबार २०:३२:००

लागुऔषध (ब्राउन सुगर) ओसारपोसार तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले पाँच जना प्रक्राउ गरेको छ । लागुऔषध ल्याएको सुचना पाएपछि प्रहरीले चन्दननाथ नगरपालिका, ४ भारतीबाडामा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक नवीन ओलीका अनुसार बाँके जिल्ला डुढुवा गाउँपालिका, ५ का २६ वर्षीय हिरालाल सुनार र चार जना नाबालकलाई शुक्रबार प्रक्राउ गरिएको हो । सुनार बस्ने कोठामा झोलाभित्र राखिएको ४ ग्राम २० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए । 

प्रक्राउ परेका उनीहरुलाई लागुऔषध ओसारपसार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिहेको प्रहरी जानकारी दिए ।