मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख ७ शनिबार १८:४१:००
Read Time : < 1 मिनेट
विश्व

श्रीमती पिट्न सिकाउने समाजशास्त्री 

Read Time : < 1 मिनेट
२०७६ बैशाख ७ शनिबार १८:४१:००

कतारका एक समाजशास्त्री अहिले समाजिक सञ्जालमा चर्चामा छन् । उनको चर्चा हुनुको कारण भने अनौठो छ । 

श्रीमतीलाई ठीकसँग कसरी कुट्ने भन्ने सिकाइएको एक भिडियो यु–ट्युबमा अपलोड गरेपछि उनी चर्चामा आएका हुन् । समाजशास्त्री अब्द अल अजिज अल–खादराजले भिडियोमा एक इस्लामले श्रीमतीलाई ठिकसँग कसरी पिट्नु पर्छ भन्ने सिकाएका छन् । उनले पुरुषलाई कसरी घरको मूली बन्ने र महिलालाई कसरी आफ्नो स्त्रीत्व महशुस गराउने भन्ने विषयमा बोलेका छन् ।  

उनले महिलालाई पिट्दा प्रेमले र पीडा नहुनेगरी पिट्नु पर्ने बताएका छन् । भिडियोमा उनले भनेका छन्, ‘इशदुत मोहम्मद, हेर्नुस् इस्लाम कति दयावान छ । उसले पुरुषलाई महिलाको अनुहारमा हिर्काउन निषेध गरेको छ । अनुहारमा थप्पड हान्न, टाउकोमा हिर्काउन र नाकमा घुस्सा हान्न इस्लाममा प्रतिबन्धित छ । पिट्नु अनुशासनका लागि हो ।’

उनले महिलाहरुले आफूमाथि हिंसा चाहने र शक्तिशाली श्रीमान चाहने तर्क पनि गरेका छन् । 

आफ्नो युट्युब च्यानल अल–मोज्तामा उनले राखेको यो भिडियो अन्य दर्जनौं च्यानलले अपलोड गरेका छन् भने लाखौं पटक हेरिएको छ। 

आफ्नो च्यानलमा उनले यस्तै अन्य भिडियो पनि अपलोड गरेका छन् ।