मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७६ बैशाख ७ शनिबार १८:४७:००
Read Time : > 1 मिनेट
समाचार

राष्ट्रिय जनता पार्टी नेपाल तेस्रो वर्ष प्रवेश

Read Time : > 1 मिनेट
रासस
२०७६ बैशाख ७ शनिबार १८:४७:००

६ मधेसवादी दल एक भई बनेको राष्ट्रिय जनता पार्टी नेपाल शनिबार तेस्रो वर्ष प्रवेश गरेको छ । तेस्रो वार्षिकोत्सवको अवसर पारेर राजपा नेपालले राजधानीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा अन्य राजनीतिक दलका नेता तथा राजपाका कार्यकर्ता उपस्थित थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवा, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शम्शेर जबरा, महान्यायाधिवक्ता अग्नि खरेललगायत विभिन्न दलका नेता कार्यक्रम स्थलमा पुगेर राजपाका नेतालाई बधाई तथा शुभकामना दिएका थिए । 

तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी, शरत्सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादवको मधेसी जनअधिकार फोरम ९गणतान्त्रिक० बीच २०७४ साल वैशाख ७ गते एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको हो । 

पार्टी एकीकरण भएको दुई वर्ष पूरा भए पनि राजपाले हालसम्म एकता अधिवेशन गर्न सकेको छैन । यही वैशाख ७, ८ र ९ गते महाधिवेश गर्ने घोषणा गरेको भए पनि बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट प्रभावित जनताको उद्धारमा खट्नुपर्ने भएकाले तोकिएको समयमै अधिवेशन गर्न नसकेको राजपाले स्पष्ट पारेको छ । 

राजपाका महासचिव केशव झाले यही वैशाख ८, ९ र १० गते पदाधिकारी बैठक बस्ने र सो बैठकले महाधिवेशनको मिति तय गर्ने जानकारी दिए । ‘बैठकले असार मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्नेगरी कार्य तालीका सार्वजनिक गर्नेछ,’ उनले भने् । 

सङ्घीय समाजवादी फोरमसँग एकता गर्ने विषयमा छलफल चलिरहेको र एकीकरणका लागि दुई पटक पत्र आदानप्रदान भएको उनले बताए । उनले दुई दलबीच अनौपचारिक छलफल भइरहेको उल्लेख गर्दै परिस्थिति अनुकूल हुँदै गएपछि गम्भीर वार्ता हुने जनाए ।