मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७६ बैशाख ७ शनिबार १८:२९:००
Read Time : < 1 मिनेट
समाचार

निजामती प्रशासन जनताको सेवक भएको अनुभुति दिलाउनु पर्छ : मन्त्री ज्ञावली

Read Time : < 1 मिनेट
रासस
२०७६ बैशाख ७ शनिबार १८:२९:००

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा एवं सङ्घीयता कार्यान्वयन सफल पार्ने अभियानमा परिणाम देखिने गरी सहयोग पु-याउन निजामती कर्मचारीलाई आह्वान गरेका छन् । 

नेपाल निजामती कर्मचारी सङ्गठनको २९ औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित संघीय निजामती सेवा ऐन तथा कर्मचारी समायोजनमा देखिएका समस्या र समाधानका उपाय विषयको कार्यक्रममा उनले संसद्मा विचराधिन विधेयकमार्फत कर्मचारीका वृत्ति विकाससम्बन्धी गुनासा सम्बोधन हुने विश्वास दिलाए ।

‘मुलुकको शासन पद्धतिसँगै दल र संगठनका भूमिका र कार्यशैली फरक हुन्छ भन्ने पाटोलाई निजामती प्रशासनले बुझनु पर्दछ,’ उनले भने, ‘कर्मचारीको मागप्रति सरकार गम्भीर र चिन्तित छ । गुनासा सम्बोधन हुनेछ, त्रुटी सच्याइनेछ तर अमानवीय व्यवहार भने स्वीकार्य हुन सक्दैन ।’
राज्यबाट प्रदान गरिने सेवा सुविधा जनताले पाउन सकेनन् भने कर्मचारीलाई प्रोत्साहन गर्नुको औचित्य नहुने भन्दै उनले निजामती प्रशासन जनताको सेवक हो भन्ने प्रष्ट पार्न सुझाव दिए । 

संठनका अध्यक्ष केदारप्रसाद देवकोटाले मुलुकमा लोकतन्त्रका लागि भएका आन्दोलनमा निर्णयक भूमिका निर्वाह गरेका कर्मचारीलाई स्वचालित संयन्त्रमार्फत चलाउनुपर्नेमा समायोजनका नाममा आँधिवेहरी ल्याउने काम भएको गुनासो गरे ।
समायोजन निष्पक्ष जस्तो देखिए पनि केही जटिल समस्या र अप्ठेरो देखिएको उनले बताए । ‘सहायकस्तरको हुम्ला स्थायी ठेगाना भएका कर्मचारीलाई भोजपुर पु-याउने काम भएको छ,’ उनले भने्, ‘वृत्ति विकास र पदोन्नतिका कुरा स्पष्ट छैन, वस्तुनिष्ट ढंगबाट समायोजन हुन सकेको छैन ।’

मुलुक संघीयतामा प्रवेशसँगै सरकारले संघीय, प्रादेशिक र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो । संघ र प्रदेशमा कर्मचारीले समायोजन रोजे पनि स्थानीय तहमा भने अझै ठूलो संख्यामा कर्मचारी अपुग छ ।