१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
लक्ष्मी काफ्ले
२०७६ बैशाख ७ शनिबार १८:००:००
Read Time : < 1 मिनेट
समाचार

भक्तपुरका व्यवसायी झापामा मृत फेला

Read Time : < 1 मिनेट
लक्ष्मी काफ्ले
२०७६ बैशाख ७ शनिबार १८:००:००

पूर्वी नाका काँकडभिट्टास्थित एक होटलमा भक्तपुरका एकजना व्यापारी शंकास्पद रुपमा मृत फेला परेका छन् । उनी १२ दिनदेखि परिवारबाट सम्पर्कविहीन थिए ।

भक्तपुरका ३६ वर्षीय प्रकाश ढुंगाना काँकडभिट्टाको शिविल होटलमा मृत भेटिएका हुन् । होटलको तथ्यांक अनुसार उनी ५ वैशाखदेखि होटलको ३०३ नम्बर कोठामा बस्दै आएको देखिन्छ । पंखा अड्किने हुकमा ब्यागको फिताले झुण्डिएको अवस्थामा प्रहरीले उनको शव फेला पारेको छ । तर, कोठाभित्रको टेबलमा घुँडा टेकेको अवस्थामा शव भेटिएको थियो ।

शुक्रबार राति ९ बजे ढुंगानाले ढोका नखोलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मेचीनगर-६ का वडाध्यक्ष ललीत तामाङको रोहबरमा ढोका खोल्दा शव भेटिएको हो । मृतकका ससुरा विश्वनाथ आचार्यले भने ढुंगानाले आत्महत्या गरेको नभइ कसैले हत्या गरेको दाबी गर्दै आएका छन् । मृतक ढुंगाना भक्तपुरमा बसेर तयारी पोशाकको कारोबार गर्दथे । परिवारबाट सम्पर्कविहीन उनले तीन दिनअघि श्रीमतीसँग भने भाइबरमा कुरा गरेर चाँडै घर फर्किने बताएको बुझिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।