मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख ७ शनिबार १६:४८:००
Read Time : < 1 मिनेट
समाचार

दुई सताब्दीअघिको विजय उत्सवकाे अवसरमा प्रधानमन्त्रीविरुद्ध कालो झण्डा  

Read Time : < 1 मिनेट
२०७६ बैशाख ७ शनिबार १६:४८:००

पाँच तहको सुरक्षा घेरालाई चुनौती दिँदै बुटवलको जितगढीमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । दुई सताब्दीअघि अंग्रेजलाई हराएको अवसरमा शनिबार आयोजित विजय उत्सवमा सहभागी हुन पुगेका ओलीलाई युवकले कालो झण्डा देखाएका हुन् । 

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका हुन । उनले सेना, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धानमा खटिएका सुरक्षाकर्मी तथा स्वयसेवक परिचालन भए पनि उनले कालो झण्डा देखाएका थिए । 

‘मेरो देश प्राणभन्दा प्यारो छ’, ‘उजिरसिंह जिन्दावाद’ भन्दै घिमिरेले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएका थिए । उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।

झगडा हैन्, विकासमा एक जुट हौँ 

प्रधानमन्त्री ओलीले एक जुट भएर विकास निर्माणमा लाग्नु पर्ने बेलामा झगडा गर्न नहुने बताएका छन् । गरिबको पहिचान मेटेर केही वर्षभित्रै सरकारले मुलुकलाई समृद्ध बनाउने अठोट लिएको उल्लेख गर्दै उनले भने, ‘सुशासन कायम हुन्छ, विकासको बाटोमा अघि बढ्छौँ ।

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध जनता भड्काउन नसकेपछि ज्योतिष उचाल्ने काम हुन थालेको बताए । उनले धर्मका नाममा भ्रम फैलाउने, संविधान विरोधी र अपराधपूर्ण क्रियाकलापको बहकाउमा नलाग्न आग्रह गरे ।