मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख ७ शनिबार १६:१५:००
Read Time : < 1 मिनेट
समाचार

आगलागीमा परी बालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ बैशाख ७ शनिबार १६:१५:००

जिल्लाको निसीखोला गाउँपालिका, २ देविस्थानको एक गोठमा आगोलागी हुँदा बालकको मृत्यु भएको छ । शनिबार बिहान करिब १० बजे आगलागी हुँदा ३ वर्षीय बालक विशाल सुनारको जलेर मृत्यु भएको हो । 

गोठमा आगालागी हुँदा गोठ पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । घरमा बालबालिका मात्रै रहेको अवस्थामा आगो लागेको हो । आगोलागीका कारण करिब तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगोलाई स्थानीयले नियन्त्रणमा लिए पश्चात इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी टोली घटना स्थल पुगेर अनुसन्धान गरेका थिए ।