मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार १५:३९:००
Read Time : < 1 मिनेट
समाचार

काेशकार तथा साहित्याकार नेपालकाे निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार १५:३९:००

कोशकार एवं साहित्यकार वसन्तकुमार शर्मा 'नेपाल'को ९७ वर्षको उमेरमा निधन भएको छ । दुई महिनादेखि अचेत भएका उनकाे आफ्नै निवास चावहिल मैँजुबहालमा निधन भएकाे हाे ।

मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पीडित भएका नेपालकाे शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनले नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको ‘नेपाली शब्दसागर’ प्रकाशन गरेका छन् । उनले संकलन गरेकाे ‘नेपाली शब्दसागर’मा एक लाख ४१ हजार शब्द समेटिएकाे छ ।

नेपालले महाभारतलाई गद्यमा चार खण्ड र एक सय ३५ वटा उपनिषद्अ नुवाद गरेका छन् । उनले ७६ कृति प्रकाशन गरेका थिए भने सय वटा पाण्डुलिपी तयार पारेका थिए ।