Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार १४:३६:००
Read Time : < 1 मिनेट
समाचार

नर्भिक अस्पतालमा ब्लड बैंक स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार १४:३६:००

नर्भिक अन्तराष्ट्रिय अस्पतालले रक्तसंञ्चार केन्द्र(ब्लड बैंक) स्थापना गरेको छ । अस्पतालको २६औ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष बसन्त चौधरीले ब्लड बैकको उद्घाटन गरे । 

रक्तसंञ्चार केन्द्रको उद्घाटन पछि अध्यक्ष चौधरीले स्तरीय स्वास्थ्य सेवा र विरामीप्रतिको सेवामा अस्पताल सदैव समर्पित हुने बताए । पछिल्लो समय नेपालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध भएको उल्लेख गर्दै समाजका प्रतिष्ठीत व्यक्तिहरुमा अझै पनि विदेश मोह देखिएकोमा उनले चिन्त व्यक्त गरे ।  

२५ शैयाबाट स्वास्थ्य सेवा दिन सुरु गरेको अस्पतालमा अहिले एक सय ५० शैया छ । आगामी तीन वर्ष भित्र दुई सय ५० शैया पुर्याउने लक्ष्यसहित नयाँ भवन निर्माणको काम भइरहेको छ ।