मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ बैशाख ७ शनिबार ०८:४१:००
Read Time : > 1 मिनेट
प्रदेश

लमजुङको दोर्दी गाउँपालिका हिलेबजारमा घरघरमै धारा

Read Time : > 1 मिनेट
२०७६ बैशाख ७ शनिबार ०८:४१:००

लमजुङको दोर्दी गाउँपालिका ८ वन्सार, हिलेवजारमा 'एक घर एक धारा' अभियान प्रभावकारी भएको छ ।  कुल २६ लाख ९४ हजार २ सय ४६ रुपैयाँको लागतमा हिलेवजारमा 'एक घर एक धारा' आभियान अन्तर्गत घरघरै धारा जडान गरिएको हो । हिलेबजारका १ सय १४ घरधुरीमा खानेपानी सुविधा पुगेको छ । 

महिला आपसी सहयोग केन्द्र भारतेको १० लाख १२ हजार अनुदान, गाउँपालिकाको ५ लाख र बाँकी स्थानिय श्रमदानबाट हिलेवजारमा 'एक घर एक  धारा' अभियानले पूर्णता पाएको हिलेवजार खानेपानी सरससफाई तथा स्वच्छता समितिका अध्यक्ष सागर गुरुङले बताए । 

उक्त आयोजना निर्माण सम्पन्न भएसँगै  एक कार्यक्रमकाबीच निर्माण गरीएको धारा समुदायलाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष ओमवहादुर  गुरुङले गाउँपालिकाका सबै नागरिकलाई स्वच्छ, सफा र शुद्ध पिउने पानीको पहुँचमा ल्याउने उद्धेश्य सहित गाउँपालिका अघि बढेको बताए ।  

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत विजयराज पौडेल, कार्यपालिका सदस्य लालमाया मिजार, वडा नं. ८ का अध्यक्ष तुलवहादुर घले, नेपाली कांग्रेसका जिल्ला सदस्य कृष्णवहादुर विक, दोर्दी वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष धर्म गुरुङ लगायतले सरकारले लिएको 'एक घर एक धारा 'अभियानलाई सफल पार्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

आयोजना सम्पन्न भई घरघरमा जडान गरिएका धारमा पानी आएपनि स्थानिय दंग परेका छन् । यसअघि गाग्री वोकेर पानीका लागि सार्वजनिक धारा कुवामा धाउन र घण्टौ पालो कुरेर पानी भर्न वाध्य स्थानियवासी अब घरको आँगनमै वनेको धाराबाट पानी झरेपछि वर्षौदेखिको समस्या समाधान भएकोमा उत्साहित भएको स्थानिय धर्म गुरुङ बताउँछन् । दोर्दी गाउँपालिका वडा नं. २ अर्चलबोट, वडा नं. ४ को कुप्लिङ र कुखुरेढुङ्गा, वडा नं. ५ फुर्जङमा पनि एक घर एक धारा निमार्ण अभियान सञ्चालन भैरहेको गाउँपालिकाले जनाएको छ ।