मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार ०८:१८:००
Read Time : < 1 मिनेट
साहित्य

डिसहोम १२ खरी कथामा बिना थिङ प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार ०८:१८:००

१२ खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा बिना थिङ तामाङ प्रथम भएकी छिन् । प्रतियोगितामा सहभागी चार  सय ४५ कथामध्येबाट तामाङले लेखेको ‘ब्याड भाले’ प्रतियोगिताको सर्वोत्कृष्ट कथा बनेको हो ।

तामाङले एक लाख रुपैयाँ नगद पुरस्कारका अतिरिक्त सिल्ड र प्रमाणपत्र हात पारेकी छिन् । प्रतियोगितामा लक्ष्मण वियोगी द्वितीय भएका छन् । वियोगीको ‘टाउको’ शीर्षकको कथाले ६० हजार नगद पुरस्कारका अतिरिक्त सिल्ड र प्रमाणपत्र प्राप्त गर्‍यो । वियोगी पत्रकार पनि हुन् । प्रतियोगितामा सुमित्रा न्यौपाने तेस्रो भइन् । न्यौपानेको ‘बार्दली’ शीर्षकको कथाले ४० हजार रुपैयाँ नगद, सिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो । 

प्रतियोगिताका लागि झन्डै नौ सय कथा प्राप्त भएका थिए । त्यसमध्ये चार सय ४५ कथा मापदण्डभित्र परेका थिए । गत माघ २१ देखि फागुन २० गतेसम्म कथा पठाउने मिति तय गरिएको थियो । प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ को संकलनसमेत प्रकाशित गरिएको छ । ‘उत्कृष्ट कथा २०७६’ नाम दिइएको उक्त संकलनको विमोचन तथा विजयी कथाकारहरूलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुरस्कार प्रदान गरेका थिए । उत्कृष्टमा पर्न सफल कथाकारहरूलाई पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।