मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र न्यायाधीश नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १९:११:००

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदकाे सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २४५ को उपधारा ९२० बमोजिम प्रमुख निर्वाचन आयुक्त नियुक्त गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्रपतिले सोही संविधानको धारा २५८ को उपधारा ९२० अनुसार संवैधानिक परिषदकाे सिफारिशमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गरेकी छन् । शुक्रबार नै सोही संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम न्याय परिषदकाे सिफारिशमा सर्वोच्च अदालतको न्यायाधीशमा उनले पाँच जनालाई नियुक्त गरेकी हुन् । 

राष्ट्रपतिले धनुषाका प्रकाशकुमार ढुङ्गाना, काठमाडौंका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौँका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएकाे छ ।