Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १८:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग

गायक खरेलको 'झुमा झुमा' मा टिकटक गर्ल प्रिन्सी र प्रिज्मा (भिडियाे)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १८:४७:००

'ओइ झुमा'को सफलतापछि गायक प्रमोद खरेलले 'झुमा झुमा' दर्शकबीच ल्याएका छन् । आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत सार्वजनिक गरेका हुन् ।

चर्चित मोडल पल शाह र गायक खरेलसँग जुम्ल्याह दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् । टिकटकमा निकै रुचाइएका प्रिन्सी र प्रिज्माको यो दोस्रो म्युजिक भिडियो हो । 

झुमा झुमामा हिमांशु रायमाझीको शब्दमा भीम बिसीले संगीत भरेका छन् । भिडियोमा शुभम भुजेलले कोरियोग्राफ गरेका छन् भने दिपक आचार्यले निर्देशन गरेका छन् । 

गायक खरेलको ओइ झुमा, चल बतास चल, लाइदेऊ न मायाले, यो कुरा गोप्य, मुस्किल छ पोखरामा लगायत थुप्रै गीतले दर्शकको मन जितेको छ ।