मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७६ बैशाख ६ शुक्रबार १८:००:००
Read Time : < 1 मिनेट
समाचार

पोल सार्न खोज्दा करेन्ट लागेर मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७६ बैशाख ६ शुक्रबार १८:००:००

तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतकाे पोल सार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । घटनामा थप दुई जना घाइते भएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौं बौद्ध बस्ने सर्लाहीका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । करेन्ट लागेर घाइते भएका अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।