१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख ६ शुक्रबार १६:०४:००
Read Time : < 1 मिनेट
समाचार

शव लिन प्रहरी घाटमा पुगेपछि मलामीको भागाभाग

Read Time : < 1 मिनेट
२०७६ बैशाख ६ शुक्रबार १६:०४:००

जलाउन घाट पु-याएको महिलाको शव शुक्रबार प्रहरीले नियन्त्रणमा लिएर मृत्युको कारणवारे अनुसन्धान सुरु गरेको छ । वीरगन्ज महानगरपालिका २३ प्रसौनीविर्ताकी करीब २८ वर्षीया अन्जुदेवीको शव घाटबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । 

घाटमा प्रहरी पुगेपछि मलामीको भागाभाग भएको थियो । अन्जुका पति पन्नालाल फरार छन् । परिवारकै सदस्यबाट अन्जुको हत्या भएको आशंकामा अनुसन्धानका लागि लाश नियन्त्रणमा लिएको पर्साका डिएसपी अन्नतराज शर्माले जानकारी दिए । उनले शव जलाउन गैया घाटमा लैजादै गर्दा प्रहरी पुगेपछि शव छोडेर मलामी भागेकोले घटना शंकास्पद देखिएको बताए । 

प्रहरीले मलामी गएकामध्ये कृष्ण दास र उमेश दासलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । प्रहरीले अनुसन्धान भइरहेको भन्दै कसैलाई पनि नियन्त्रणमा नलिएको दावी गरेको छ । अन्जुको शव पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगन्जमा लगिएको प्रहरीले जनाएको छ ।