१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १४:०७:००
Read Time : < 1 मिनेट
समाचार

श्रमको सम्मान गर्न उद्योगीहरुलाई मन्त्री यादवको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १४:०७:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुलाई श्रमको सम्मान गर्न आग्रह गरेका छन् । मजदुरको श्रमबाट मालिक बनेका उद्योगीहरुले उनीहरुको पारिश्रमिक वृद्धि गरेमात्रै उत्पादनमा वृद्धि हुन्छ भन्ने यथार्थलाई भुल्न नहुने उनले स्पष्ट पारे । 

नेपाल पश्मिना उद्योग संघको १८ औं वार्षिक साधारण सभाको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उनले उद्योगको उत्पादन बढाउन श्रमको सम्मान र श्रमिकलाई माया गर्नुको विकल्प नभएको बताए । पस्मिना व्यवसाय ओरालो लाग्दै गएपनि समस्या समाधानका लागि उद्योगहरुले सरकारसँग परामर्श समेत गर्न नचाहेको उनको गुनासो थियो ।

विश्व बजारमा नेपाली पश्मिनाको पहिचान रहेको उल्लेख गर्दै त्यसको प्रवद्र्धनका लागि सरकार उद्योगीहरुसँग सहकार्य गरेर अघि बढन प्रतिवद्ध रहेको उनले बताए ।

मन्त्री यादवले निजी क्षेत्रले उद्योगको प्रवर्द्धनका लागि सरकारसँग सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।