मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लक्ष्मण खनाल
२०७६ बैशाख ६ शुक्रबार १३:५१:००
Read Time : < 1 मिनेट
प्रवास

नेपाली विजनेस काउन्सिलद्वारा राजदुत ढकालको स्वागत

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल
२०७६ बैशाख ६ शुक्रबार १३:५१:००

नेपाली राजदुतावास युएईका लागि नव नियुक्त राजदुत कृष्णप्रसाद ढकाललाई नेपाली विजनेस काउन्सिल दुबईले  स्वागत गरेको छ ।

बिहीबार दुबईस्थित होटल सेराटनमा एक कार्यक्रम आयोजना गरी स्वागत गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदुत ढकालले नेपाली र अन्य देशका व्यवसयीहरुलाई नेपालमा लगानी गर्न अनुरोध गरेका थिए  । नेपालमा दुई तिहाईको सरकार बनेको बताउँदै राजनीतिक स्थिरता रहको भन्दै उनले लगानीको वातावरण रहेको बताए । 

उनले विभिन्न देशका व्यवसायीहरुलाई भने, ‘तपाईहरु नेपालमा लगानी गर्नुस् । नेपाल सरकारले लगानीको सुरक्षाका लागि उपयुक्त नीति तथा वातावरण बनाएको छ । आवश्यक सहजिकरण गर्नुपरेमा नेपाली दुतावास अवुधवी सदैब साथमा रहनेछ ।’  

कार्यक्रममा विजनेस काउन्सिल दुबईको तर्फबाट अध्यक्ष सिद्दिकी र उपाध्यक्ष चन्द्रप्रसाद सापकोटाले राजदुत ढकाललाई मायाको चिनो प्रदान गरेका थिए ।