Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १०:४३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कपाललाई घामबाट बचाउन यसो गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १०:४३:००

-कपाल धोएपछि कन्डिसनरको उपयोग गर्नुस् । यसो गर्दा घामको किरण सीधै कपालमा पुग्न पाउँदैन ।
-दही पनि प्राकृतिक कन्डिसनर हो । यसको प्रयोगले कपाल मुलायम बन्नुका साथै जराका फोहोर पनि सफा गर्छ । त्यसैले हप्तामा तीनपटक कपालमा दही लगाई १५ मिनेटसम्म रहन दिनुस् ।
-दही र अन्डाको सेतो भाग मिलाएर पनि कपालमा लगाउन सक्नुहुन्छ । यसो गर्दा कपाल मुलायम र चमकदार बन्छ ।
-घाममा बढी हिँड्नुपर्ने काम छ भने हप्तामा एकपटक कपालको स्पा गर्नुस् । पार्लर या घरमै बसेर पनि स्पा गर्न सक्नुहुन्छ ।
-कपाल धोएपछि सुकाउनका लागि हेयरड्रायरको प्रयोग कहिल्यै नगर्नुस् । यसो गर्दा कपालमा हानि पुग्छ ।
-प्रत्येक दुई महिनामा कपाल काट्ने गर्नुस् । यसो गर्दा नयाँ र ताजा कपाल आउने गर्छ । ग्रोथका लागि कटिङ आवश्यक हुन्छ ।