मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १०:०७:००
Read Time : < 1 मिनेट
सप्तरंग

याद तिम्रोको भिडियो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १०:०७:००

‘याद तिम्रो धेरै आइरह्यो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रंग पत्रकार शान्तिप्रियले लेखेको गीतको भिडियो नयाँ वर्षको अवसर पारी दर्शकमाझ ल्याइएको हो । गीतकार शान्तिप्रियको अधर एल्बममा समाविष्ट सो गीत युवराज चौलागाईंले गाएका हुन् भने अर्जुन पोखरेलको संगीत छ । अधरमा समाविष्ट चारवटा गीतको भिडियो यसअघि नै दर्शकमाझ ल्याइसकिएको छ ।

‘याद तिम्रो आइरह्यो’को भिडियो निर्मल शर्मा गैँडाले निर्देशन गरेका हुन् । राजु केसीले खिचेको भिडियोमा श्रीदेव भट्टराई र अनामिका चौलागाईं र राम ढकालले अभिनय गरेका छन् । भिडियो छायाछवि क्रिएसनले निर्माण गरेको हो ।