१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख ५ बिहीबार १७:४५:००
Read Time : < 1 मिनेट
प्रदेश

भूमाफियाहरुलाई सरकारले नै संरक्षण गरेको छ : प्रदिप पौडेल

Read Time : < 1 मिनेट
२०७६ बैशाख ५ बिहीबार १७:४५:००

कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले भुमाफियाहरुलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । 

तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले दलालीकरणलाई संरक्षण र प्रोत्साहन दिएको बताए । प्रधानमन्त्री निवास बालुवाटारको जग्गालाई दर्ता गरेर बेच्न सक्नेले फेवाताल मुनिको जग्गा पनि बेच्न बेर नलाग्ने उनले बताए । फेवाताल बिना पोखराको कुनै अस्तित्व हुन नसक्ने भन्दै फेवातालको बिषयमा अदालतले गरेको निर्णयलाई कुनै पनि तहको सरकारले कार्यन्वयन गर्न नसकेको टिप्पणी गरे ।

‘अहिलेको सरकार जनताको हुन नसकि पार्टीको बन्दै जाँदा सरकार नै अलोकप्रिय बनेको छ,’ उनले भने – ‘देशमा गणतन्त्र र नयाँ संविधान आइसके पनि व्यवस्थालाई अलोकप्रिय बनाउन सरकार लागिपरको छ ।’

पोखरासँग नजिक भएर पनि तनहुँले पोखराको फाइदा लिन नसकेको उल्लेख गरे । ‘तीन वटै तहको सरकार नेकपाको छ’, उनले भने, ‘पोखराको विकासको लागि विशेष योजना ल्याउन त परको कुरा पोखरामा जे छ त्यसलाई समेत बचाउन सकेका छैनन् ।’

तनहुँको व्यास ५ स्थित मानुङकोटलाई अर्को सराङकोट बनाउन सकिने अवस्था भएपनि त्यसलाई कुनै पनि तहका सरकारले प्राथामिकतामा राखेर अघि बढाउन नसकेको प्रति उनले चिन्ता व्यक्त गरे ।