समाचार
हराएका युवा नदी किनारमा मृत फेला
Read Time : < 1 मिनेट
२०७५ पौष १० मंगलबार १७:३६:००
सोमबारदेखि हराएका ओखलढुङ्गा जिल्ला बर्नालु गाउँपालिका, ४ घर भई पोखरा २६ खलतारा बस्ने वर्ष २८ का बाबुजा श्रेष्ठ मंगलबार मृत फेला परेका छन् ।
खोजतलाश गर्ने क्रममा श्रेष्ठकाे शव पोखरा २६ बिजयपुर नदी किनारमा घोप्टो परेको अवस्थामा फेला परेको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारि दिए । घट्ना बारे अनुसन्धान सुरु भएको उनले बताए ।