१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ५ बिहीबार ०८:५३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

बहुउपयोगी हरियो खुर्सानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ५ बिहीबार ०८:५३:००

हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ । 

प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट : हरियो खुसार्नीमा पाइने एन्टिअक्सिडेन्टले अक्सिडेसनलाई कम गर्छ । जसले कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ । 
रक्तसञ्चार बढाउँछ : प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पूर्ण शरीरमा पोषक तŒव अक्सिजन, हर्माेन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पु-याउने गर्छ । हरियो खुर्सानी खाँदा यसले रक्तसञ्चारलाई तीव्र बनाउन मद्दत गर्छ ।
प्रतिरक्षा प्रणाली मजबुत : हरियो खुसार्नीमा पाइने पोटासियम, फ्लोभोनोइड्स र भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर, यसका लागि सीमित मात्रामा नियमित रूपमा खुर्सानी खानुपर्छ । 
क्यान्सरको खतरा कम : आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावना कम रहन्छ । यसका साथै प्रोटेस्टको समस्यालाई समेत कम गर्छ ।
छालामा चमक : हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ । खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पु-याउँछ । खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ ।
संक्रमणबाट बचाउँछ : हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुण हुन्छ । जसले विभिन्न रोगको संक्रमणबाट बचाउँछ ।