१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गुरुराज घिमिरे
२०७६ बैशाख ५ बिहीबार ०८:४३:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

पार्टी पुनर्जीवनका लागि जागरण अभियान

जनजागरण अभियानका क्रममा कांग्रेस नेतृत्वले आफूलाई समेत सच्याएर पार्टी र जनताबीचको सम्बन्धलाई पुनर्जीवन दिनु छ

Read Time : > 4 मिनेट
गुरुराज घिमिरे
२०७६ बैशाख ५ बिहीबार ०८:४३:००

यतिखेर हामी इतिहासको महत्वपूर्ण  कालखण्डमा उभिएका छौँ । हामीले संविधानसभामार्फत जारी गरेको संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरी तीन तहका निर्वाचनसँगै कार्यान्वयनमा ल्यायौँ । संविधान जारी गरेसँगै इतिहासले हाम्रो काँधमा जुन दायित्व सुम्पेको थियो, त्यसलाई पूरा गर्न पाउँदा हामी हर्षित छौँ । तर, संविधान कार्यान्वयनमा ल्याउने क्रममा हामीले सम्पन्न गराएका तीन तहका निर्वाचन परिणाम भने हाम्रा लागि सुखद बन्न सकेन ।

हामीले जेजस्तो परिणाम प्राप्त हुने अपेक्षा गरेका थियौँ, त्यो सम्भव भएन । यसले हामीलाई दुःखी बनाउनु स्वाभाविकै थियो । किनकि, कांग्रेसले इतिहासदेखि नै देशमा भएका ठुल्ठूला परिवर्तनको नेतृत्व गर्दै आयो । संविधानसभा निर्वाचन, त्यसमार्फत संविधान जारी गर्ने कार्य र त्यसपछिका निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा सम्पन्न भएका थिए । तर, यति ठूला ऐतिहासिक जिम्मेवारी पूरा गरी संविधान कार्यान्वयन गर्ने चरणको निर्वाचन परिणाममा भने कांग्रेस अनपेक्षित रूपमा पछि परेको थियो । साथसाथै, इतिहासले कांग्रेसलाई जनतासित उसको टुट्दै गएको अथवा कमजोर बन्दै गएको सम्बन्धलाई पुनस्र्थापित गर्ने एउटा मौका दिएको ठानेर हामीले निर्वाचन परिणामलाई हार्दिकतापूर्वक स्विका¥यौँ । विगतदेखि नै कांग्रेस र जनताबीच जेजस्तो अन्तरंग सम्बन्ध थियो, त्यसलाई पुनर्जीवन दिन र त्यसमा पुनर्ताजगी भर्न पनि हामीलाई समय चाहिएको थियो । निर्वाचन परिणामले हामीलाई त्यो अमूल्य ऐतिहासिक अवसर उपलब्ध गरायो । 

पहिलो चरणको अभियान : निर्वाचन परिणामपछि हामीले केन्द्रीय समिति बैठक राखेर हारका कारणको निर्मम समीक्षा ग¥यौँ । साथै, देशव्यापी रूपमा एउटा विशेष राष्ट्रिय जागरण अभियान चलाउने विषयमा पनि हामीले बैठकमा सहमति ग-यौँ । ढिलै भए पनि हामीले यही ११ वैशाखमा लोकतन्त्र दिवसको अवसर पारेर पहिलो चरणको जागरण अभियान सुरु गर्दै छौँ । अभियानका क्रममा ११ वैशाखमा सतहत्तरै जिल्लामा केन्द्रीय प्रतिनिधि पुग्नुहुनेछ । उहाँहरू त्यहाँ एक महिनासम्मै बस्नुहुनेछ । त्यहाँ बस्दा उहाँहरूले पार्टीका स्थानीय नेता, कार्यकर्ताका साथमा जनतासित छलफल, अन्तक्र्रिया, गोष्ठी आदि सञ्चालन गर्नुहुनेछ ।

यस क्रममा उहाँहरूले त्यहाँको पार्टी संगठनको अवस्थालाई सूक्ष्म ढंगले अध्ययन गर्नुहुनेछ । पार्टीका स्थानीय समितिका पदाधिकारी तथा सदस्यका गतिविधिबारे पनि उहाँहरूले विशेष ध्यान दिनुहुनेछ । साथै, स्थानीय कार्यालय खुल्छन्, खुल्दैनन्, उनीहरूले जनताका कुरा सुन्छन्, सुन्दैनन् र स्थानीय नेता तथा कार्यकर्ता जनतामाझ घुलमिल हुन्छन्, हुँदैनन् जस्ता पक्षमाथि केन्द्रीय प्रतिनिधिले सूक्ष्म ध्यान दिनुहुनेछ । साथै, पार्टी सदस्यता अद्यावधिक छ या छैन ? छैन भने त्यसलाई अद्यावधिक गर्ने र नयाँ सदस्यता वितरण गर्ने कार्य पनि उहाँहरूले गर्नुहुनेछ । क्रियाशील सदस्यहरू पार्टी गतिविधिमा क्रियाशील छन् या छैनन् ? स्थानीय नेता तथा कार्यकर्ताको आपसी सम्बन्ध कस्तो छ ? मुख्य प्रतिस्पर्धी नेकपा र अन्य पार्टीहरूको अवस्था कस्तो छ ? लगायत विषयमा उहाँहरूले सूक्ष्म अध्ययन गर्नुहुनेछ ।

कतिपय स्थानमा अन्य राजनीतिक पार्टीका स्थानीय नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश गरिरहनुभएको छ । यस्तोमा केन्द्रीय सदस्य साथीहरूले पनि आफू पुगेको जिल्लामा अन्य पार्टीका साथीहरू कांग्रेस प्रवेश गर्न चाहनुहुन्छ भने उहाँहरूलाई ससम्मान पार्टी प्रवेश पनि गराउनुहुनेछ । यस क्रममा उहाँहरूले पार्टीका भ्रातृ संस्थाहरूलाई पनि परिचालन गर्नुहुनेछ । समग्रमा केन्द्रीय प्रतिनिधिले सम्बन्धित जिल्लामा पार्टीको सांगोपांगो अवस्थाबारे अध्ययन गरी जनता र पार्टीका स्थानीय साथीहरूका सुझाबसमेत समेटेर प्रतिवेदन तयार गरी केन्द्रमा बुझाउनुहुनेछ । 

दोस्रो चरणको अभियान : कांग्रेसको दोस्रो चरणको जागरण अभियान आगामी २४ भाद्रको बिपी जयन्तीदेखि सुरु हुनेछ । यस चरणमा ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टीले केन्द्रीय प्रतिनिधि खटाउनेछ । यसरी सम्पूर्ण प्रादेशिक निर्वाचन क्षेत्रमा खटिएका प्रतिनिधिले थप सूक्ष्म ढंगले त्यहाँका जनतासित अन्तक्र्रिया गर्नुहुनेछ । पहिलो चरणमा खटिएका केन्द्रीय प्रतिनिधिले जस्तै काम गर्ने हो उहाँहरूले पनि । तर, प्रादेशिक निर्वाचन क्षेत्र जिल्लाभन्दा सानो एकाइ भएकाले यहाँ जाने प्रतिनिधिले जनतासित घनीभूत अन्तत्र्रिmयाको अवसर पाउनु हुनेछ । उहाँहरूले पनि आफ्नो अध्ययनको निष्कर्षसहितको प्रतिवेदन केन्द्रमा बुझाउनुहुनेछ । 

तेस्रो चरणको अभियान : हाम्रो तेस्रो चरणको जागरण अभियान राष्ट्रिय एकता तथा मेलमिलाप दिवस १६ पुसदेखि सुरु हुनेछ । यो चरणको अभियान देशका सात सय त्रिपन्न स्थानीय तहमा केन्द्रित हुनेछ । यस चरणमा पनि उल्लिखित कार्यक्रम नै सञ्चालन गरिनेछ । यस चरणमा आवश्यकताअनुरूप सबै स्थानीय तहमा विशेष सभा पनि हुनेछन् । 

जनजागरणमा भ्रातृ संगठनको भूमिका :जनजागरण अभियानका क्रममा नेपाल तरुण दल, नेविसंघ, नेपाल महिला संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल सांस्कृतिक संघलगायत पार्टीका सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाले विशेष भूमिका खेल्नेछन् । उनीहरू आफू सम्बद्ध क्षेत्रमा विशेष जागरण अभियान सञ्चालन गर्दै जनतामाझ जानेछन् । यस क्रममा तरुण दलले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्छ । उसले देशव्यापी रूपमा भइरहेका भ्रष्टाचारविरुद्ध चेतनामूलक अभियानका साथमा विरोध कार्यक्रमसमेत सञ्चालन गर्छ ।

नेविसंघले युवा विद्यार्थी जागरण अभियान सञ्चालन गर्नेछ । मूल्यको राजनीतिमा ह्रास आइरहेको अहिलेको समयमा नेविसंघको अभियानले नैतिकताको राजनीति कसरी स्थापित गर्ने भन्ने विषयमा अभियान अघि बढाउनेछ । नयाँ पुस्तामा राजनीतिप्रति चासो निकै कम हुँदै गएको छ । यस्तो अवस्थामा उनीहरूलाई कांग्रेस र नेविसंघको राजनीतिप्रति कसरी आकृष्ट गराउने, उनीहरूका गुनासा के–के हुन्, पार्टी राजनीतिमा उनीहरूको वितृष्णाका कारण के हुन्, यसमा केकस्तो सुधारको आवश्यकता छ भन्ने विषयमा नेविसंघको अभियान केन्द्रित हुनेछ । 

नेपाल महिला संघले देशव्यापी रूपमा महिलामाथि भइरहेका हिंसा र विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्छ । ट्रेड युनियन कांग्रेसले यही १८ वैशाखदेखि आफ्नो अभियान सञ्चालन गर्छ । उसले ट्रेड युनियन अधिकारसित जोडिएका विषयमाथि विशेष केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्नेछ । यस क्रममा उसले श्रमिकका रोजगारीको सुरक्षा, वृत्तिविकासलगायत हकहितका पक्षमा अभियान चलाउनेछ । जनजागरण अभियानअन्तर्गत नेपाल सांस्कृतिक संघले सांस्कृतिक जागरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछ । 

सरकारका कामको मूल्यांकन : भ्रातृ संस्थाहरूले जनजागरण अभियानका क्रममा वर्तमान सरकारका अकर्मण्यताविरुद्ध पनि अभियान चलाउनेछन् । वर्तमान सरकार बनेको वर्ष दिन नाघिसक्यो । उसले निर्वाचनको समयमा जनतामाझ निकै ठूला–ठूला आश्वासनका पोका बाँडेको थियो । तर, दुईतिहाइ बहुमतसहित सरकारमा गइसकेपछि उसले आफूले विगतमा गरेका सम्पूर्ण वाचा भुसुक्कै बिर्सेको छ ।

भ्रष्टाचार बढेको–बढ्यै छ । महँगी छोइनसक्नु छ । सुशासनको अनुभूति जनताले गर्न पाएका छैनन् । विकास निर्माणका काम भाषणमा मात्र सीमित छन् । तैपनि, यो सरकारले हामीले यो ग-यौँ, त्यो ग-यौँ भनेर जनतालाई भ्रममा पारिरहेको छ । यस्तोमा सरकारले गरेका र नगरेका कामबारे जनतालाई यथार्थ सुसूचित गराउने अभियान पनि भ्रातृ संस्थाहरूले अघि बढाउनेछन् । सरकारले गरेका र भनेका काम र कुराप्रति जनता कति सन्तुष्ट छन्, उनीहरूले सरकारलाई विश्वास गरिरहेका छन् या छैनन् ? यस विषयमा जनता र पार्टीका स्थानीय साथीहरूको भनाइ के छ ? यस्ता विविध पक्षमाथि पनि व्यापक अन्तक्र्रियासाथ जागरण अभियानले समीक्षा गर्नेछ । 

कांग्रेस र जनताबीच विगतमा जे–जस्तो अन्तरंग सम्बन्ध थियो, त्यसलाई पुनर्जीवन दिन र त्यसमा पुनर्ताजगी भर्न अबको जनजागरण अभियानले भूमिका खेल्नेछ

वर्तमान सरकारका कैयौँ काम जनविरोधी, लोकतन्त्रविरोधी देखिएका छन् । दुईतिहाइको बलियो सरकार भाषणमा मात्रै अल्झिरहेको छ । काममा भन्दा भाषणमा उसको बढ्ता विश्वास देखिन्छ । सरकार दिनप्रतिदिन निरंकुश बन्दै गएको छ । यसले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने अनेकौँ प्रयास गरेको छ । जनताका दैनिकीसित सरोकार राख्ने महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान, शान्ति–सुरक्षाजस्ता विषयमा सरकार असफल देखिएको छ । यस्ता विषयमा पनि हामी जनजागरण अभियानका क्रममा जोडदार आवाज उठाउँदै जनतालाई सुसूचित गर्नेछौँ । 

पार्टी र जनताबीचको सम्बन्ध :पछिल्लो समयमा जनतासित पार्टीको सम्बन्ध कमजोर भएको छ । विगतमा सत्तामा रहँदा हाम्रो पार्टी अलि बढी नै सिंहदरबारकेन्द्रित भएको साँचो हो । नेताहरू सुविधाभोगी बन्दै गएको सत्य हो । जसले गर्दा जनताका सुखदुःखमा हामी उनीहरूका साथमा उभिन सकेनौँ, साझेदार बन्न सकेनौँ । जनतामाझ हाम्रो उपस्थिति कमजोर भयो । हाम्रा प्रतिस्पर्धी पार्टीले हाम्राबारे जेजति अनर्गल प्रचार गरे, हामीले त्यसलाई चिर्न र जनतालाई प्रस्ट पार्न सकेनौँ ।

सत्तामा रहँदा आफूले गरेका राम्रा कामको प्रचारसमेत गर्न सकेनौँ । साथै, हामीले सत्तामा रहँदा जति काम गर्न सक्थ्यौँ, त्यति गर्न पनि सकेनौँ । हामी आन्तरिक कलहमा फस्यौँ । नेताहरूको आपसी वादविवादमा पार्टीको महत्वपूर्ण समय र ऊर्जा खेर गयो । पार्टी आन्तरिक रूपमा निकै अव्यवस्थित भयो । पछिल्लो निर्वाचन परिणाममा यी सबैको छाया परेको छ । त्यसैले, हामीले अबको जागरण अभियानका क्रममा आफूलाई समेत सच्याएर पार्टी र जनताबीचको सम्बन्धलाई पुनर्जीवन दिनु छ ।

अब हामीले पुराना गल्तीलाई नदोहो-याई पार्टी सुदृढीकरणमा सम्पूर्ण ऊर्जा र समय खर्चिनु छ । यस अभियानका क्रममा जनतादेखि पार्टी कार्यकर्तासम्म सबैबाट नेता सुध्रिनुप-यो, उनीहरूका आचरण र व्यवहार सच्चिनुप-यो, पार्टीभित्रको गुट–उपगुट अन्त्य हुनुप-यो, आन्तरिक झगडा सदाका लागि रोकिनुप-यो भन्ने आवाज जोडदार रूपमा उठ्ने निश्चित छ । त्यसलाई सहृदयतापूर्वक सुनेर नेतृत्व सुध्रिन र सच्चिन सक्यो भने कांग्रेसको पुनर्जीवनलाई कसैले रोक्न सक्नेछैन । 
(घिमिरे कांग्रेस केन्द्रीय सदस्य हुन्)