१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लक्ष्मण खनाल
२०७५ पौष १० मंगलबार १५:२७:००
Read Time : < 1 मिनेट
प्रवास

युएईमा रहेकाे नेपाली दुतावासको कार्यालय नयाँ भवनमा सर्ने

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल
२०७५ पौष १० मंगलबार १५:२७:००

युएईमा रहेको नेपाली दुतावास नयाँ भवनमा सर्ने भएको छ । दुतावासले सुचना जारी गर्दै दुतावास कार्यालय नयाँ भवनमा सर्ने जनाएको हो । 


दुतावासका अनुसार १५ पुस अर्थात ३० डिसेम्बर २०१८ देखी नयाँ कार्यलयबाट काम सुरु हुने छ । नयाँ कार्यालय अबुधावीको मुख्य बस टर्मिनल तथा अल वाहदा मल नजिकै रहेको छ ।
युएईका विभिन्न प्रान्तहरुबाट सिधै बस सम्पर्क हुने ठाउँ भएको हुदाँ सेवाग्राहीलाई सहज हुने नेपाली दुतावास युएईका कार्यवहाक राजदुत सागर फुयाँलले बताए । नयाँ भवनमा १८ वटा कोठा रहेको रहने छ । भवनमा महिलाका लागि आवास गृह समेत रहेको छ । जसमा युएईमा आएर अलपत्र परेका नेपाली महिलाहरुलाई अश्रय दिइने जनाइएको छ ।