Skip This
भूमिहीन सुकुमबासीलाई निस्सा वितरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format १२:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूमिहीन सुकुमबासीलाई निस्सा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३६:oo

सप्तरीको खडक नगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोवास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जाको आधारको रूपमा लिइने निस्सापत्र वितरण थालेको छ। 

नगरपालिकाको आयोजनामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले खडक नगरको ३, ५, ६, ७, ९, १० र ११ गरी सातवटा वडाका दुई सय ८२ जना भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई आइतबार एक समारोहबीच  निस्सापत्र दिएको हो।

खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले नगर क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीलाई कानुनी स्वामित्वसहितको जग्गाधनी बनाउन लालपुर्जाका लागि निस्सा दिन थालिएको बताए।

‘निस्सापत्र पाएका दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीलाई भूमि आयोगसँग मिलेर त्यसकै आधारमा जग्गाको अन्तिम नापजाँच, कित्ताकाट र नक्सासहित लालपुर्जा दिन्छौँ,’ उनले भने, ‘यो जग्गा प्राप्ति होइन, तर जग्गा नाप्ने वेलामा निस्सा चाहिन्छ।’ निस्सा पाएपछि एउटा चरण पूरा भएकाले थप अनुगमन गरेर जग्गा नापीसहित जग्गाधनी दर्ता प्रमाण पुर्जा दिइने उनले बताए।

निस्सापत्र वितरण कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष हरेराम यादवले विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरणका लागि नगरसँग समन्वय गरिने बताए। निस्सा पाएका लाभग्राहीको हकमा थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि आगामी असार मसान्तसम्म लालपुर्जा दिइने गरी काम गर्न अध्यक्ष यादवले आग्रह गरे। 

निस्सा वितरण समारोहमा आयोगका जिल्ला सदस्य हरि महतो, नापी कार्यालय सप्तरीका प्रमुख शत्रुघन यादव, खडक नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षको उपस्थिति थियो।