मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ४ बुधबार ०६:३०:००
Read Time : < 1 मिनेट
अर्थ

गणेश विकले जिते नयाँ पत्रिकाको साप्ताहिक उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ४ बुधबार ०६:३०:००

नयाँ पत्रिका राष्ट्रिय दैनिकले सञ्चालन गरिरहेको ‘जसले पढ्छ, करोडपति बन्छ’ नामक ग्राहक योजनाअन्तर्गतको दोस्रो साताको साप्ताहिक उपहार काठमाडौंको गोंगबुस्थित बागलुङ धौलागिरि सुनचाँदी पसलका सञ्चालक गणेश विकले जितेका छन् ।

नयाँ पत्रिका कार्यालय पुतलीसडकमा गरिएको लक्की ड्रमार्फत रसिद नम्बर २७४२२ वार्षिक ग्राहक बनेका विकले उपहार जितेका हुन् । ग्राहक योजनासँगै मासिक र साप्ताहिक लक्की ड्र पनि रहेका छन् । मासिक लक्की ड्रमा बेनेली बाइक एकजनालाई र साप्ताहिक लक्की ड्रमा ५० हजार रुपैयाँको गिप्mट भौचर प्रदान गरिनेछ । यो गिफ्ट भौचर जेजे ज्वेलर्सले उपलब्ध गराएको छ, जुन काठमाडौंको नयाँ सडकमा रहेको छ । 

यसबाहेक हरेक ग्राहकले स्क्र्याच कार्डमार्फत चन्द्रागिरि केबलकारको दुईवटा टिकट, ल्यापटप, ३२ इन्चको एलइडी टेलिभिजन, २ हजार ५ सय रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मको गिफ्ट भौचर, स्मार्टफोेन र स्ट्यान्ड फ्यानमध्ये एक उपलब्ध गर्न सक्नुहुनेछ । ग्राहक बन्दा नै स्क्र्याच कार्ड उपलब्ध हुन्छ । 

पहिलो साप्ताहिक विजेतालाई पुरस्कार
नयाँ योजनाअन्तर्गतको पहिलो विजेता होटेल सुन्धारालाई नयाँ पत्रिकाले पुरस्कार हस्तान्तरण गरेको छ । मंगलबार नयाँ पत्रिकाको कार्यालयमा आयोजित कार्यक्रममा होटेलका प्रतिनिधि निशोधदीप सापकोटालाई नयाँ पत्रिकाका चिफ मार्केटिङ अफिसर गौरीशंकर दाहालले पुरस्कार हस्तान्तरण गरेका हुन् ।