१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ४ बुधबार ०६:४९:००
Read Time : < 1 मिनेट
साहित्य

कवि पक्राउविरुद्ध ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ४ बुधबार ०६:४९:००

प्रहरीले पक्राउ गरेका रसुवाली कवि नामले चिनिने कवि ठाकुरप्रसाद तिम्सिनाको रिहाइ गर्न माग गर्दै ५० लेखक तथा कविले जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापनपत्र बुझाएका छन् । उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आबद्ध रहेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ । उनको रिहाइ माग गर्दै आख्यानकार नारायण ढकाल, राजन मुकारुङ, कवि सुमनराज श्रेष्ठ, ज्वालामुखी लामिछाने, गौतम राई, प्रेमिला राईलगायतले बुझाएको ज्ञापनपत्रमा राजनीतिक गतिविधिमा संलग्न रहेको कारण गिरफ्तार गरिनु अभिव्यक्ति स्वतन्त्रताविपरीत रहेको उल्लेख छ ।

प्रशासनमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘ठूलो संघर्ष र बलिदानीपश्चात् प्राप्त गणतन्त्र, नागरिक स्वतन्त्रता, लोकतान्त्रिक व्यवस्थामा राज्यको यस्तो कदम सहमतियोग्य नरहेको जानकारी गराउँछौँ । संविधानप्रदत्त नागरिकको मौलिक हक सुरक्षित, सुनिश्चित गरिनु राज्यको दायित्व हुन आउने कुराप्रति सजग गराउँदै उनको तत्काल रिहाइका लागि माग गर्दछौँ ।’