मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ४ बुधबार ०७:१७:००
Read Time : < 1 मिनेट
अर्थ

चैतमा रसुवा भन्सार कार्यालयमा लक्ष्यभन्दा ३६ प्रतिशत बढी राजस्व असुली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ४ बुधबार ०७:१७:००

रसुवा भन्सार कार्यालयले चैतमा लक्ष्यभन्दा ३६ दशमलव ४१ प्रतिशत बढी राजस्व असुली गरेको छ । भन्सार कार्यालयले चैतमा ६० करोड ४५ लाख ४५ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ८२ करोड ४६ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए ।

चालू आर्थिक वर्षको ९ महिनामा वार्षिक लक्ष्यभन्दा १५ दशमलव २७ प्रतिशत बढी राजस्व संकलन गरिसकेको भन्सार प्रमुख खड्काले बताए । त्यस्तै चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५ अर्ब १९ करोड २६ लाख २० हजार राजस्व असुली गर्ने लक्ष्य राखेको कार्यालयले ८ अर्ब ७ करोड ५८ लाख ७७ हजार असुली गरेको छ । जुन ९ महिनाको लक्ष्यभन्दा ५५ दशमलव ५३ प्रतिशत बढी हो । कार्यालयले चालू आर्थिक वर्षमा ७ अर्ब ६२ लाख ६४ हजार उठाउने लक्ष्य राखेको छ ।