मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ३ मंगलबार १७:५८:००
Read Time : < 1 मिनेट
समाचार

गणेश विकले जिते नयाँ पत्रिकाको दोस्रो साप्ताहिक उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ३ मंगलबार १७:५८:००

नयाँ पत्रिका राष्ट्रिय दैनिकले संचालन गरिरहेको ‘जसले पढ्छ, करोडपति बन्छ’ नामक ग्राहक योजना अन्तर्गत दोस्रो साताको साप्ताहिक उपहार गणेश विकले पाएका छन्र ।  

नयाँ पत्रिकाको कार्यालय पुतलीसडकमा भएको विशेष कार्यक्रममा गरिएको लक्कि ड्र मा रसिद नम्बर २७४२२ मा वार्षिक ग्राहक बनेका गाेंगबुस्थित बागलुङ धौलागिरी सुनचाँदी पसलका संचालक विकले उपहार जितेका हुन् । 

मासिक लक्कि ड्रमा वेनेली मोटरसाइकल एक जनालाई र साप्ताहिक लक्कि ड्र मा ५० हजार रुपैयाँको गिफ्ट भौचर प्रदान गरिने छ । यो गिप्mट भौचर काठमाडौंको नयाँ सडकमा रहेको जे जे ज्वेलर्सले उपलब्ध गराएको छ । 

यस बाहेक हरेक ग्राहकले स्क्रयाच कार्ड मार्फत चन्द्रागिरी केबलकारको दुई वटा टिकट, ल्यापटप, ३२ इन्चको एलईडी टेलिभिजन, दुई हजार पाँच सय रुपैयाँदेखि २५ हजार रुपैयाँ सम्मको गिफ्ट भौचर, स्मार्ट फोेन र स्ट्याण्ड फ्यान मध्ये एक पाउन सक्छन् । ‘यसमा ढुक्क हुनुस् हात खालीजाँदैन’ अन्तर्गत ग्राहक बन्दा नै स्क्रयाच कार्ड उपलव्ध हुन्छ ।