Skip This
मरहा खोलामा जिल्ला अनुगमन समितिले रोक्यो उत्खनन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format १५:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मरहा खोलामा जिल्ला अनुगमन समितिले रोक्यो उत्खनन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५३:oo

महोत्तरीको गौशालास्थित मरहा खोलामा नदीजन्य पदार्थ उत्खननमा जिल्ला अनुगमन समितिले रोक लगाएको छ।

पौडेल निर्माण सेवा र अनिस कन्स्ट्रक्सनले नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएकोमा जिल्ला अनुगमन समितिले उत्खनन स्थलमा कागजात फेला नपरेको र सम्झौताविपरीत उत्खनन भएको देखिएपछि तत्काललाई रोकेको हो। सम्झौता भएर उत्खनन हुँदा पनि नगरपालिकाले तोकेको प्राविधिकको उपस्थिति हुनुपर्नेमा उत्खनन स्थलमा प्राविधिकको उपस्थितिसमेत देखिएको थिएन।

नदीजन्य पदार्थ उत्खननपश्चात् नदी भण्डारण स्थलमा भण्डारण नगरिएको, आइईले तोकेको मापदण्डअनुसार उत्खनन गर्नुपर्नेमा कागजातहरू अनुगमन स्थलमा उपलब्ध नभएकोलगायतका विभिन्न समस्याहरू देखिएपछि कागजात हेरेर मात्र उत्खनन अनुमति दिने भन्दै तत्कालका लागि उत्खनन रोकिएको जिल्ला समन्वय समिति प्रमुख सुमनलाल कर्णले बताए।

यता गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसीले अनुगमन समितिले फोन गरेर कागजात ल्याउन भनेकोमा कागजात पठाए पनि अनुगमन टोली उत्खनन स्थलबाट फिर्ता भइसकेकाले कागजात देखाउन नसकेको बताए। उनले इमेलमार्फत वा प्रत्यक्ष नै जिल्ला अनुगमन समितिलाई कागजात पठाउने बताए। उत्खननमा मापदण्ड पालना भए–नभएकोबारे भने आफूले बुझेर मात्र बताउन सक्ने उनको भनाइ छ।

गौशाला नगरपालिकाले अनिष कन्स्ट्रक्सन र पौडेल निर्माण सेवालाई क्रमशः ४५ हजार र ३५ हजार घनमिटरका दरले जेष्ठ मसान्तसम्मको लागि नदीजन्य पदार्थ उत्खननको ठेक्का दिएको हो। अनुगमन समितिले उत्खनन रोकेपछि आफूहरूको लगानी डुब्ने जोखिम भएको ठेक्का लिएको पक्षको चिन्ता छ।

उनीहरूले आइतबार बिहानै गौशाला नगरपालिकाले कागजात जिल्ला अनुगमन समितिलाई नबुझाए नगरपालिका घेराउ गर्ने चेतावनी दिएका छन्। ठेक्का लिएका पक्षका रोशनसिंह राणाले अनाहकमै नगरपालिका र जिल्ला समन्वय समितिको लडाइँमा आफूहरू चेपिएको बताए।