Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० बैशाख ३० शनिबार १७:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकाली नदीमा पुरुषको शव फेला  

Read Time : < 1 मिनेट
२०८० बैशाख ३० शनिबार १७:२०:००

दार्चुलास्थित महाकाली नदीमा एक पुरुषको शव फेला परेको छ। महाकाली नगरपालिका– ५ नम्सिकारस्थित महाकाली नदीको बीच भागमा अड्किएको अवस्थामा शव फेला परेको हो।

शनिबार स्थानीयले नदीको बीच भागमा ढुंगामा शव अड्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। अन्दाजी ३०-३५ वर्षको पुरुषको शव नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

मृतकको ट्र्याकको खल्तीमा अन्जनी टुर एन्ड ट्राभल्सको टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरीद्दार, देहरादुन, दिल्ली लेखेको भिजिटिङ कार्ड फेला परेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेकको प्रहरीको भनाइ छ।