मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
 गगन अयडी
२०७५ पौष १० मंगलबार ११:२३:००
Read Time : < 1 मिनेट
समाचार

नौवटै स्थानीय तहमा कर्मचारी अभाव

Read Time : < 1 मिनेट
 गगन अयडी
२०७५ पौष १० मंगलबार ११:२३:००

बाजुरा जिल्लाका सबै स्थानीय निकायका वडामा कर्मचारी अभाव  भएका छन् । स्थानीय निकायमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा गाउँपालिका र नगरपालिकामा आउने  सेवाग्राही समस्यामा परेका छन् ।  वडामा सेवा लिन नपाएपछि  जिल्ला सदरमुकाम मार्तडीमा धाउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो  छ । वडाबाट लिने सामान्य जन्म दर्तादेखि नागरिकताका लागि सिफारिस लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको त्रिवेणी नगरपालिका सातका अमोद अयडीले बताए ।  

उनले भने, ‘वडा कार्लायमा कर्मचारी नहुँदा वडाध्यक्षले सिफारिस लेखेर दिए पनि कर्मचारीको हस्ताक्षर गर्न  जिल्ला सदरमुकाम जानुपरेको छ ।’  त्रिवेणी नगरपालिका सातका वडाध्यक्ष प्रेमबहादुर थापाले वडामा कर्मचारी नहुँदा कार्यालय सरसफाइदेखि  सिफारिस लेख्नसमेत आफैँ खटिनुपरेको बताए ।  थापाले जन्म दर्ता, विवाह दर्ता र अन्य सिफारिस दिन वडाध्यक्षलाई अधिकार नभएकाले वडामा सेवा लिन आएका सेवाग्राहीलाई सिफारिस लेखेर कर्मचारीको सही गराउन  सदरमुकाम मार्तडी पठाउनुपरेको बताए  । उनले भने, ‘नयाँ संरचना आयो भनेको त झन् काम गर्न समस्या पो भयो ।’  सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि स्थानीय सेवाग्राहीलाई सुलभ सेवा दिन नसकेकामा वडाध्यक्षहरूको गुनासो छ ।

कर्मचारी व्यवस्थापन नभएकाले  जनताको माग पूरा गर्न नससेको बडीमालिका नगरपालिका ८ विनोदकुमार विकलेले बताए ।  ‘कर्मचारी छैन, कसरी वडा कार्यालय चलाउने ?,’ वडाध्यक्ष विकले भने ।  कार्यालय सचिवदेखि वडाध्यक्षको काम आफैँले गरेको उनको भनाइ छ ।