१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ बैशाख २ सोमबार १३:३४:००
Read Time : < 1 मिनेट
खेलकुद

‘बल टेम्परिङ’को घटनापछि पहिलो पटक वार्नर र स्मिथ अष्ट्रेलियन टोलिमा, यस्तो छ अष्ट्रेलियाको विश्वकप खेल्ने टोलि 

Read Time : < 1 मिनेट
२०७६ बैशाख २ सोमबार १३:३४:००

‘बल टेम्परिङ’का कारण एक वर्षको प्रतिबन्ध पुरा गरेपछि अष्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथ र डेविट वार्नर पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । 
सन् २०१९को विश्वकप क्रिकेट खेल्ने टोलीमा उनीहरुको नाम समावेश भएको हो । 

गत वर्ष दक्षिण अफ्रिकामा भएको टेष्ट क्रिकेटमा ‘बल टेम्परिङ’ गरेपछि उनीहरुमाथि एक वर्षको प्रतिबन्ध लागेको थियो । 

विश्वकप टोलीमा स्मिथ र वार्नरसँगै उस्मान खवजा, शन मार्स, ग्लेन म्याक्सवेल, मार्कस स्टोनिस, एलेक्स केरी, प्याट कमिन्स, माइकल स्टार्क, झे रिचर्डसन, नाथन नील, जेसन बेहेन्ड्रफ, नाथन लिओन र आदम जाम्पा छन् । टोलीको कप्तानी आरोन फिन्चले गर्ने छन् । 
एजेन्सी