१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस नवलपुर
२०८० बैशाख २२ शुक्रबार १३:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालिका बलात्कार कसुरमा ११ वर्ष कैद

Read Time : < 1 मिनेट
रासस, नवलपुर
२०८० बैशाख २२ शुक्रबार १३:५७:००

नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजाय सुनाएको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– ९ का मोहन पुनलाई  एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको  ठहर गर्दै सो सजाय सुनाएको जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताए।

‘न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई रु. एक लाख ५० हजार क्षतिपूर्ति भर्नुपर्ने आदेश गरेको  छ,’ उनले भने। पीडित बालिकालाई पुनले ०७७ साल भदौ १८ गते बलात्कार गरेको अभियोगमा ०७७ साल असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो।

उजुरीपछि ०७७ साल कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। बालिकाको स्वास्थ्य परीक्षण ०७७ साल असोज २९ गते मध्यविन्दु जिल्ला अस्पताल डन्डामा गरिएको थियो।